लकडाउनको मोडालिटीबारे छलफल गर्न विज्ञसंग प्रधानमन्त्रीको बैठक

२०७७, २१ जेष्ठ बुधबार १८:४६

पाल्पा । कोरोना भाइरसको संक्रमणदर बढिरहेको बेलामा लकडाउनको मोडालिटीबारे छलफल गर्न विज्ञहरुसंग प्रधानमन्त्रीको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा विज्ञहरुको परामर्श बैठक सुरु भएको हो ।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्ताहरू गरी दुई दर्जनभन्दा बढी व्यक्तित्वहरूको सहभागिता रहेको छ । यस्तै बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी लगायतका विज्ञहरूको उपस्थिति रहेको छ । बैठकमा कोरोना सङ्क्रमणका कारण जारी लक डाउनको मोडलमा परिवर्तन गर्नेलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । संक्रमणको दर अहिले धेरै रहेपनि लकडाउनको अवधी लामो भएको भन्दै लकडाउन उल्लंघन गर्दा खुकुलो हुँदै गएको छ ।

 

Comments

ताजा खबर