कोरोना संक्रमण बाट नवौं ब्यक्तीको मृत्यु

२०७७, २१ जेष्ठ बुधबार १७:५४

पाल्पा । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको हो । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

दोलखा भिमेश्वर नगरपालिका २ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको आइसियूमा उपचार भइरहेको थियो ।

नेपालमा एकै दिन कोरोना संक्रमणका बिरामी धेरै संख्यामा थपिएका छन । बुधबार २०१ जना कोरोना संक्रमित थपिएका हुन । प्रवक्ता देवकोटाका अनुसार कुल संक्रमितको सख्या २ हजार ३ सय पुगेको छ । हाल सम्म २ सय २२ जना पुरुष र ५६ जना महिला सहित २७८ जना निको भएका छन । आइशोलेशन अस्पतालमा २ हजार १३ जनाको भर्ना भई उपचार भैरहेको छ । क्वारेन्टाइनमा १ लाख ५५ हजार ८६८ जना रहेको मन्त्रालयले जनाएको छ । पिसिआर बिधीबाट बाट कुल ८० हजार २६७ जनाको परिक्षण भएको छ भने आरडिटि बिधीबाट १ लाख २० हजार ३७९ जनाको परिक्षण भएको छ ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाका १ गरी ९ जनाको मृत्यु भएको छ ।

Comments

ताजा खबर