बैसाख २३, काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण रोक्न र शून्यमा झार्न सवै शक्ति परिचालन गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।
‘कोही पनि व्यक्ति र नागरिक हाम्रो मुलुकमा कोरोनाबाट मृत्युबरण गर्न नपरोस् भनेर अहिले अख्तियार गरेको नितिलाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको छ’ बैठकपछि सचिव विडारीले बताए । उनका अनुसार लकडाउन मन्त्रिपरिषद बैठकले थप छलफल गरेर निर्णय गर्नेछ । यद्यपि लकडाउनको निरन्तरता दिने उनको भनाइ छ । उनले सरकारले कोरोना नियन्त्रणका लागि लिएको बाटो सही भएको पनि बैठकले निश्कर्ष निकालेको पनि बताए । सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ । हालसम्म नेपालमा ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । यो समाचार रातोपाटीडटकम बाट लिईएको हो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…