सार्बजनिक यातायातको बिमा निष्क्रिय रहेको भन्दै लकडाउन अवधिको म्याद थप गरि राहत दिन ब्यवसायीको माग

भबिन्द्र गौतम, २३, बैसाख । कोरोना भाइरस ( कोभिड-१९) को संक्रमण नियन्त्रणको लागि चैत्र ११ गते देखि जारी लकडाउनको कारण देश ठप्प छ । अत्यावश्यक सवारीसाधन बाहेकका सबै घर ग्यारेजमा थन्किएका छन । सार्वजनिक यातायात क्षेत्र सबैभन्दा बढी जोखिममा रहेको क्षेत्र हो । सबैतिर राहतको कुरा उठेको बेलामा यातायात ब्यवसायीहरु पनी आफ्नो क्षेत्रमा राहत को माग अगाडि सारेका छन । मङ्गलबार सार्बजनिक यातायातको बिमा सम्बन्धि समस्या र सामाधान सहितको पत्र नेपाल गणतान्त्रिक यातायात मंचका अध्यक्ष डोलनाथ खानाल र नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी राष्ट्रिय संगठनका कार्यबाहक अध्यक्ष हेमेन्द्र शेरचेन द्वारा संयुक्त हस्ताक्षर गरि बिमा समितिमा पेश गरेको गणतान्त्रिक यातायात मंचका अध्यक्ष डोलनाथ खानालले जानकारी दिनुभयो । लकडाउन अवधिकोमा सार्नजनिक सवारीका साधन सन्चालन नभइ बिमा समेत निष्क्रिय भएको हुँदा बिमा प्रीमियम लाई नबिकरण मा समायाेजन गर्नुपर्ने, लकडाउनमा परेका सर्बसाधारण लाई उद्धार गर्ने क्रममा छिट्फुट मात्रामा दुर्घटना बाट क्षेती भएका साधन को यथासिध्र क्षेतिपुर्ती भुक्तानी दिने ब्यवस्था मिलाउन ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।
ब्यवसायीका माग प्रती बिमा समिती सकारात्मक रहेको सहभागी भरत तिमिल्सेनाले जानकारी दिनुभयो । यसअघी सार्बजनिक सवारीको बैक किस्ता तथा ब्याज सम्बन्धी राहत दिन संगठनले रास्ट्रबैक सङग माग गरेको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago