हुम्लामा जिप दुर्घटना चारको मृत्यु सात घाइते

सिमकोट। हुम्लाको सिमकोट गाउँपालिका डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटनाहुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक बच्चासहित सात जना घाइते भएका छन्

   सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयहुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्युभएको मृत्यु हुनेमा सिमकोट गाउँपालिका का ३० वर्षीय  पर्वत सुनार, सोही पालिका वडा नं का २९ वर्षीय पारस बोहरा, नाम्खागाउँपालिका हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ    ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीलेजानकारी दिनुभयो

दुर्घटनामा परी एक वर्षको बच्चासहित सात जना घाइते भएका छन् घाइते हुनेमा सिमकोट ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट बस्ने प्युठानका अजय बस्नेत, सिमकोट खोल्सिका कल्पना सिंह, सिमकोट खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका का झुमझुम लामा सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेकाछन्

  घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बच्चासहित पाँचको अवस्थासामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको बेलेरो जिप मूल सडकभन्दा करिब ६०० मिटर दक्षिणमा खसेको हो जिपदुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना स्थानीयवासीले उद्धार गरेका थिए रातिभएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख डिएसपी मोहन विष्टले बताउनुभयो अधिकांश घाइतेको छाती, टाउको हातखुट्टामा चोट लागेको प्रहरी स्रोतले जनाएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago