हुम्लामा जिप दुर्घटना चारको मृत्यु सात घाइते

सिमकोट। हुम्लाको सिमकोट गाउँपालिका डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटनाहुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक बच्चासहित सात जना घाइते भएका छन्

   सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयहुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्युभएको मृत्यु हुनेमा सिमकोट गाउँपालिका का ३० वर्षीय  पर्वत सुनार, सोही पालिका वडा नं का २९ वर्षीय पारस बोहरा, नाम्खागाउँपालिका हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ    ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीलेजानकारी दिनुभयो

दुर्घटनामा परी एक वर्षको बच्चासहित सात जना घाइते भएका छन् घाइते हुनेमा सिमकोट ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट बस्ने प्युठानका अजय बस्नेत, सिमकोट खोल्सिका कल्पना सिंह, सिमकोट खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका का झुमझुम लामा सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेकाछन्

  घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बच्चासहित पाँचको अवस्थासामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको बेलेरो जिप मूल सडकभन्दा करिब ६०० मिटर दक्षिणमा खसेको हो जिपदुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना स्थानीयवासीले उद्धार गरेका थिए रातिभएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख डिएसपी मोहन विष्टले बताउनुभयो अधिकांश घाइतेको छाती, टाउको हातखुट्टामा चोट लागेको प्रहरी स्रोतले जनाएको

sp sp

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago