पराजयको सम्मुख आफैले गराएको निर्वाचनविरुद्ध मुद्दा हाल्नेबारेमा ट्रम्पले मागे सल्लाह, परिणाम स्वीकार्नसक्ने संकेत

काठमाडौं। अमेरिकाका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई ह्वाइट हाउस छाड्नुपर्ने मतादेश घोषणा हुन केही समय बाँकी

उहाँका डेमोक्रेट प्रतिष्पर्धी पूर्वउपराष्ट्रपति जो बाइडेन स्पष्ट जीततर्फ लम्किएसँगै ट्रम्प उहाँका चुनावी अभियानकर्ताहरु निर्वाचनपरिणाम नै नमान्नेसम्मको धम्की दिन थालेका छन्

आफू राष्ट्रपति रहेर शदीयौंदेखि अवलम्बन गरेको प्रणालीमार्फत् आफ्नै प्रशासनले गरेको निर्वाचनलाई अविश्वास धोका भन्दैत्यसविरुद्ध सर्वोच्च अदालतसम्म जाने धम्की उहाँले दिइसक्नु भएको

फोटो फाईल

मुख्य रुपमा तीब्र् प्रतिष्पर्धा रहेका सन् २०१६ को मतपरिणाममा उलटपुलट हुनसक्ने अनुमान गरिएका संग्रामीमैदानका रुपमा चित्रितमिचिगन, विस्कन्सिन, पेन्सलभानिया, जर्जिया, एरिजोना, नर्थक्यारोलाइना जस्ता राज्यको आधाआधी मत गणना नै नभई प्रारम्भिकझुकावमै आफ्नो जीत स्वघोषणा गर्नुभएका ट्रम्पको उत्तेजित अभिव्यक्तिप्रति अमेरिकीहरुले तीब्र आलोचना गरिरहेका छन्

खासगरी यस पटक परिणम उल्टनसक्ने ठानिएको फ्लोरिडामा जीत सुनिश्चित भएसँगै हौसिनुभएका ट्रम्पको जीत घोषणाको हतारकोअभिव्यक्ति विपक्षीले जीते परिणाम नै नमान्ने अदालत जाने चुनौतीप्रति स्वयं उहाँको पार्टी रिपब्लिकनका नेताहरुले आलोचनाथालेका छन्

यद्यपि, पछिल्लो पटक सामाजिक सञ्जालमा एक ट्वीट गर्दै ट्रम्पले आफ्ना वकीलहरुले मुद्दा हाल्नका लागि सोधिरहेको तर के गर्ने होलाभन्दै तुलनात्मक रुपमा नरम अभिव्यक्तिका साथ अमेरिकीहरुको राय माग्नु भएको

यसले उहाँले हार स्वीकारेको आफ्नो उत्तेजित अभिव्यक्तिलाई सच्याउन खोज्नुभएको हो कि भन्ने अनुमान पनि गरिएको

हुनत ट्वीटमा उहाँले पहिलेदेखि नै अमेरिकी प्रणाली अमेरिकी चुनावमा क्षति पुर्‍याइसकिएको आरोप लगाउँदै यसमाथि सार्थक बहस हुनुजरुरी भएको पनि उल्लेख गर्नुभएको

ट्रम्पको यो ट्वीट त्यतिबेला आएको , जतिबेला उहाँका प्रतिष्पर्धी बाइडेन जीतका लागि भोटको प्रतीक्षामा हुनुहुन्छ नेभादा राज्यजहाँबाट इलेक्टोरल मत प्राप्त हुन्छ त्यहाँ उहाँ केही हजार मतकासाथ अगाडी हुनुहुन्छ

नेभादा सन् २०१६ को निर्वाचनमा पनि हिलारी क्लिन्टनलाई इलेक्टोरल मत दिँदै डेमोक्रेटको साथमा उभिएको थियो

लाखौं अमेरिकीको मृत्यु करिब एक करोडलाई संक्रमणको मुखमा पुर्‍याएको कोरोना महामारीलाई सही ढंगले व्यवस्थापन गर्ननसकेको, आप्रवासी मुद्दामा असाध्य कठोर बनेको, काला अमेरिकीहरुप्रति विभेदको नीति अवलम्बन गर्दै अमेरिकी समाजलाई नैविभाजनमा पुर्‍याएको, परम्परागत अमेरिकी मूल्यमान्यता भत्काएको, संसारभर अमेरिकी प्रभाव खुम्च्याएको, अर्थतन्त्र ध्वस्त बनाएकोजस्ता आरोपले घेरिएको ट्रम्प प्रशासनलाई अन्ततः ह्वाइट हाउसबाट चार वर्षपछि बिदा दिने देखिएको

सन् २०१६ मै पनि उहाँले चुनाव जित्दा रुसी हस्तक्षेपको साथ लिएको आरोप लागेको थियो दर्जनौं आरोपका बीच ह्वाइट हाउसमापुग्नुभएका ट्रम्प त्यसयताका चार वर्ष पनि आरोप विवादकै बीच घेरिनुभएको थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago