सिमकोट। यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्लाबाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ । कोरोना सङ्क्रमणको डरलेजिल्लाबाहिरका काठमाडौँ, सुर्खेत, नेपालगञ्ज, पोखरालगायतका शहरबाट घर पुगेका विद्यार्थीहरु पुनः बन्दाबन्दी खुकुलो भएसँगैपढाइका लागि भन्दै फेरि जिल्लाबाहिर जान थालेपछि सिमकोट विमानस्थलमा दैनिक यात्रुको चाप बढ्दै गएको हो ।
लामो समयको बन्दाबन्दीपछि अनलाइन माध्यमबाट पढाइ र परीक्षा हुन थालेपछि हुम्लामा इन्टरनेटले राम्रो काम नगरेकाले घर पुगेकाविद्यार्थीहरु दशैँ सकिएलगत्तै बाहिरिन थालेका हु्न । जिल्लाबाहिर जानेको सङ्ख्या दैनिक बढ्दै गएको सिमकोट विमानस्थललेजानकारी दिएको छ । दैनिक ५० जनाभन्दा बढी यात्रु जिल्लाबाहिर गहिरहेको जनाइएको छ ।
नेपालगञ्ज र सुर्खेतबाट बिहानदेखि बेलुकासम्म आफ्नो उडान भर्दै आएका निजी हवाईजहाजहरुले एक महिना यतादेखिविमानस्थलको स्तरोन्नति कार्य भइरहेकाले बिहान ६ बजेदेखि १० सम्म मात्रै उडान भर्ने हुँदा यात्रुलाई टिकट पाउन समस्या निम्तिनथालेको छ । सिमकोट विमानस्थलको गेटमा दैनिक जिल्लाबाहिर जाने यात्रुको भिड लाग्न थालेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…