५ नम्बर प्रदेशकाोराजधानी बुटवलबाट दाङमा सारिने निर्णय गरे सँगै प्रदेश न ५ को विभिन्न ठाउहरूमा विराेधका कार्यक्रमहरू भइरहेको बेला नेपाली काङ्ग्रेस पाल्पाले पनि विराेध ग्याली निकालेकाे छ ।
५ नम्बर प्रदेशकाे राजधानी सार्न पाइदैन ,कम्युनिस्ट सरकार चाहिदैन,भष्ट सरकार मुर्दवात ,नेपाली काङ्ग्रेस जिन्दावाद,कम्युनिस्ट सरकार चाहिदैन ,दुख दिन पाइदैन भन्ने नारा ग्यालीमा सहभागिहरूले लगाएका थिए । ग्यालीमा नेपाली काङ्ग्रेस पाल्पा उपसभापति देवराज ढकाल,पाटी सचिव झपेन्द्र गैरे,नगर सभापति मधुदयाल शैजु,महिला संघ,तरूण दल,नेपाल विद्यार्थी संघ लगाएत नेपाली काङ्ग्रेस पाटीमा अास्था राख्ने पाटीका कार्यकताहरू उपस्थिति रहेकाे थियाे ।
ग्याली पछि काेट सभालाई सम्बाेधन गर्दै नेपाली काङ्ग्रेस पाल्पाका उपसभापति देवराज ढकालले सरकार जनतालाई रूपन्देहीमा राजधानी राख्ने भन्ने झुटाे अाश्वासन दिएर अहिले प्रदेशकाे राजधानी दाङ लाैजान लागेको बताउदै तुरुन्तै उक्त निर्णय फिर्ता गरि बुटवलमा नै राजधानी राख्न अार्गह गर्दै दाङमा राजधानी राख्ने निर्णय तुरुन्त फिर्ता नगरेमा अझै थप अान्दाेलनका कार्यक्रमहरू गर्ने चेतावनी समेत दिनु भयाे ।
ग्याली पाटी कार्यालय देखि शुरू भइ अान्दाेलन चाेक,भिमसेन टाेल,नारायण स्थान सिल्खानटाेल हुदै जिल्ला प्रशासन कार्यालय अगाडि गई काेट सभामा परिणत भएको थियाे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…