एप्पलले एपस्टोरबाट ३ महिनामै कमायो २० अर्ब डलर, गुगल भन्दा दोब्बर ।

एजेन्सी । एप डेभलपरहरुलाई पर्याप्त भुक्तानी नदिएको भनी गुगल र एप्पलका बारेमा पछिल्लो समय आलोचना बढिरहेको बेला एपको माध्यमबाट यी कम्पनीहरुले गर्ने आम्दानीमा चाहीँ भारी वृद्धि भैरहेको छ ।

सन् २०२० को तेश्रो त्रैमासिकमा एप्पलले एप स्टोरबाट १९ अर्ब डलर आम्दानी गर्न सफल भएको छ । जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा एप्पलले इन-एप पर्चेज, सब्सक्रिप्सन तथा सशुल्क एपहरुको माध्यमबाट १९ अर्ब डलर आम्दानी गर्न सफल भएको सेन्सर टावरको रिपोर्टले जनाएको छ ।

एपबाट एप्पलको गरेको आम्दानी गुगल प्ले स्टोरबाट गुगलले गरेको आम्दानीको तुलनामा झण्डै दोब्बर हो । यस अवधिमा १० अर्ब ३० करोड डलर आम्दानी गरेको छ ।

रिपोर्ट अनुसार तेश्रो त्रैमासिकमा विश्वभर गरी मोबाइल एपमा प्रयोगकर्ताहरुले २९ अर्ब ३० करोड डलर खर्च ग्रेका छन् । त्यस्तै एप स्टोर र गुगल प्लेबाट ३६ अर्ब ५० करोड पटक एपहरु डाउनलोड भएका छन्। अघिल्लो वर्ष सोही अवधिमा विश्वमा एप इन्स्टल भएकेा संख्या २८ अर्ब ३० करोड थियो ।

पहिलो त्रैमासिकमा ३६ अर्ब ५० करोड पटक एप इन्स्टल भएकोमा गुगल प्ले स्टोरबाट २८ अर्ब ३० करोड पटक र एप्पलको एप स्टोरबाट ८ अर्ब २० करोड पटक एप इन्स्टाल भएको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago