एजेन्सी । एप डेभलपरहरुलाई पर्याप्त भुक्तानी नदिएको भनी गुगल र एप्पलका बारेमा पछिल्लो समय आलोचना बढिरहेको बेला एपको माध्यमबाट यी कम्पनीहरुले गर्ने आम्दानीमा चाहीँ भारी वृद्धि भैरहेको छ ।
सन् २०२० को तेश्रो त्रैमासिकमा एप्पलले एप स्टोरबाट १९ अर्ब डलर आम्दानी गर्न सफल भएको छ । जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा एप्पलले इन-एप पर्चेज, सब्सक्रिप्सन तथा सशुल्क एपहरुको माध्यमबाट १९ अर्ब डलर आम्दानी गर्न सफल भएको सेन्सर टावरको रिपोर्टले जनाएको छ ।
एपबाट एप्पलको गरेको आम्दानी गुगल प्ले स्टोरबाट गुगलले गरेको आम्दानीको तुलनामा झण्डै दोब्बर हो । यस अवधिमा १० अर्ब ३० करोड डलर आम्दानी गरेको छ ।
रिपोर्ट अनुसार तेश्रो त्रैमासिकमा विश्वभर गरी मोबाइल एपमा प्रयोगकर्ताहरुले २९ अर्ब ३० करोड डलर खर्च ग्रेका छन् । त्यस्तै एप स्टोर र गुगल प्लेबाट ३६ अर्ब ५० करोड पटक एपहरु डाउनलोड भएका छन्। अघिल्लो वर्ष सोही अवधिमा विश्वमा एप इन्स्टल भएकेा संख्या २८ अर्ब ३० करोड थियो ।
पहिलो त्रैमासिकमा ३६ अर्ब ५० करोड पटक एप इन्स्टल भएकोमा गुगल प्ले स्टोरबाट २८ अर्ब ३० करोड पटक र एप्पलको एप स्टोरबाट ८ अर्ब २० करोड पटक एप इन्स्टाल भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…