बुटवल , असोज १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ संसदीय दलको बैठकले सरकारले ल्याएको राजधानी र नामसम्बन्धि प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
पार्टीको प्रदेश ५ का इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई सरकारले ल्याएको प्रस्ताव पास गराउनका लागि लाग्न निर्देशन दिएको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिएका छन् ।
बैठकले दाङको भालुवाङलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ ।
त्यस्तै नेकपासँग भएको छलफलमा सहमति जुटन नसकेपछि प्रमुख प्रतिपक्षी दल काँग्रेसले संसद बैठक अवरुद्ध गर्ने भएको छ ।
केहीबेरअघि संसद भवन परिसरमै बसेको काँग्रेस संसदीय दलको बैठकले आजको संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको कांग्रेस सचेतक निर्मला क्षेत्रीले जानकारी दिएकी छन् ।
कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केहीदिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन प्रस्ताव गरेको थियो । सो प्रस्तावमा नेकपाले असहमति जनाएपछि संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको बताइएको छ ।
प्रदेश सभा बैठक अबको केहि बेरमा शुरु हुदै छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…