प्रदेश ५ राजधानी विवाद : नेकपा संसदीय दलको बैठक बस्दै ।

फाईल फोटो

बुटवल , असोज १९ ।  प्रदेश ५ को स्थायी राजधानी र नामबारे छलफल गर्न नेकपा ससंदीय दलको बैठक बस्दैछ। बैठकले सांसदहरुलाई विपक्षमा भोट नगर्नका लागि लागि ह्विप लगाउने तयारी गरेको छ।

बिहान ७ बजेका लागि बैठक बोलाईएको भए पनि सांसदहरु आउने क्रम जारी रहेकाले केही ढिलो गरी बैठक बस्ने नेकपाका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए। उनका अनुसार सरकारले पेश गरेको प्रदेशको राजधानी र नामका विषयमा सांसदहरुको धारणा लिनका लागि बैठक बोलाइएको हो।  बैठकमा नाम र राजधानीका विषयमा सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप लगाउन सक्न एक सांसदले बताए।

केही सांसदहरुले राजधानी दाङ सार्ने निर्णयको खुलेर विरोध गरिरहेका छन्। आफ्नै सांसदहरु विपक्षमा हुदा समस्या हुने भएपछि संसदीय दलले कडाइ गर्न लागेको हो। आइतबार मुख्यमन्त्री शंकर पोखरेलमाथि आक्रमणसमेत भएको थियो।

नेकपाको केन्द्रबाट भएको निर्णय र आफ्नै साखका लागि पनि उक्त प्रस्तावलाई पारित गर्ने तयारीमा सत्तापक्ष छ। उक्त प्रदेशमा नेकपाको मात्रै पनि दुई तिहाइ छ। तर सबै सांसदले मतदानमा भाग नलिएमा समस्या पर्ने देखेपछि संसदीय दलको बैठक राखेर मतदान अघि छलफल गर्न लागिएको हो ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago