प्रदेश ५ राजधानी विवाद : नेकपा संसदीय दलको बैठक बस्दै ।

फाईल फोटो

बुटवल , असोज १९ ।  प्रदेश ५ को स्थायी राजधानी र नामबारे छलफल गर्न नेकपा ससंदीय दलको बैठक बस्दैछ। बैठकले सांसदहरुलाई विपक्षमा भोट नगर्नका लागि लागि ह्विप लगाउने तयारी गरेको छ।

बिहान ७ बजेका लागि बैठक बोलाईएको भए पनि सांसदहरु आउने क्रम जारी रहेकाले केही ढिलो गरी बैठक बस्ने नेकपाका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए। उनका अनुसार सरकारले पेश गरेको प्रदेशको राजधानी र नामका विषयमा सांसदहरुको धारणा लिनका लागि बैठक बोलाइएको हो।  बैठकमा नाम र राजधानीका विषयमा सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप लगाउन सक्न एक सांसदले बताए।

केही सांसदहरुले राजधानी दाङ सार्ने निर्णयको खुलेर विरोध गरिरहेका छन्। आफ्नै सांसदहरु विपक्षमा हुदा समस्या हुने भएपछि संसदीय दलले कडाइ गर्न लागेको हो। आइतबार मुख्यमन्त्री शंकर पोखरेलमाथि आक्रमणसमेत भएको थियो।

नेकपाको केन्द्रबाट भएको निर्णय र आफ्नै साखका लागि पनि उक्त प्रस्तावलाई पारित गर्ने तयारीमा सत्तापक्ष छ। उक्त प्रदेशमा नेकपाको मात्रै पनि दुई तिहाइ छ। तर सबै सांसदले मतदानमा भाग नलिएमा समस्या पर्ने देखेपछि संसदीय दलको बैठक राखेर मतदान अघि छलफल गर्न लागिएको हो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago