सन्ताेष गहतराज , पाल्पा , असोज १९ । पाल्पा जिल्ला बग्नासकाली गाउँपालिका वडा न ९ का कृषकहरूलाई उन्नत जातकाे तरकारीका बीउ वितरणकाे साथै एक दिने प्रशिक्षण तालिम पनि सम्पन्न भएकाे छ ।
वडाबाट बिनियाेजित १ लाख रूपैया बजेटबाट उक्त कार्यक्रम सम्पन्न भएको कृषि प्राविधिक निशा मरासिनी बताउनु भयाे । मरासिनीका अनुसार वडा भित्रका १९ वटा कृषि समूह हरुलाई उन्नत जातकाे काउली, बन्दा, प्याज,खुर्सानी,किटनासक अाैषधी,छाप लगाएतका बिरुवा साथै एक दिने तालिम पनि सञ्चालन गरिएको बताउनु भयाे । कार्यक्रमकाे प्रमुख अतिथि वडा न ९ का वडा सदस्य पिताम्बर गाहाले अहिले बग्नासकाली गाउँपालिकाले कृषिमा केन्द्रीत गरेर कार्यक्रम ल्याएकाे बताउदै कृषकहरूलाई धेरै भन्दा धेरै उत्पादन लिन पनि अार्गह गर्नु भयाे । साथै उत्कृष्ट कृषकलाई १० हजार पुरस्कार दिने पनि निर्णय भएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…