पाल्पा । खाध्यान्नको सामान लिई रामपुर तर्फ जादै गरेको जीपको ठक्करबाट एक जना पैदलौयात्रीको ज्यान गएको छ ।
पाल्पाको रम्भा गाउँपालिका वडा नं.- ५ मुडुलिचौपारी स्थित मा जीपले ठक्कर दिएको हो । आर्यभञ्ज्याङ रामपुर पक्कि सडक खण्डमा ना ३ च ८८०८ नम्बरको बलेरो जिप अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अनियंत्रित जीपले मुडुलिचौपारी बस्ने पैदलयात्री बस्ने बर्ष ६० को भुपाल सिह रानालाई ठक्कर दिदा गम्भिर घाईते ब्बनाएको थियो । घाइते रानाको उपचारको लागी प्रथामिक स्वास्थ्य केन्द्र ताहुँ, पाल्पामा उपचारको क्रममा मृत्यू भएको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटना शनिबार दिउसो सवा तीन बजे भएको थियो । दुर्घटना गराएका चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…