काठमाडौं । कोरियन एयरको उडानबाट नेपाल फर्किन लागेका २ सय ३८ नेपालीमध्ये ३९ जनालाई शुक्रबार कोरियन एयरले विमानस्थलबाटै फर्कायो। पिसीआर परीक्षणको रिपोर्टमा त्रुटि भएको, अस्पतालको छाप नभएको र केहीको फोटोकपीमात्रै भएकाले एयरलाइन्सले फर्काएको बताइएको थियो।
उक्त विषयमा छलफल हुँदा अब हुने अर्को उडानमार्फत् पुन: उडान शूल्क तिर्नु नपर्ने गरी उनीहरुलाई व्यवस्थापन गर्ने सहमति भईसकेको दूतावासले उल्लेख गरेको छ। साथै उपयुक्त ढंगले पिसीआर रिपोर्ट नदिने स्वास्थ्य संस्थालाई एनआरएनका स्थानीय प्रतिनिधिले नि:शुल्क पुन पिसीआर गराउन समन्वय तथा अनुरोध गर्न दूतावासले आग्रह गरेको छ।
नेपाल फर्कन नपाएका यात्रुहरुको अर्को उडान नहुँदासम्मका लागि खाने तथा बस्ने व्यवस्थापन भइरहेकाे दूतावासले जानकारी दिएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…