सांकेतिक तस्बिर : सधैंजसो भिडभाड देखिने सिद्धार्थ राजमार्गको बर्तुङ्ग - आर्यभन्ज्याङ्ग सडक, कोरोना संक्रमणका कारण शुन्य छ ।
पाल्पा । कोरोना संक्रमण तिब्रगतिमा बढ्दै गएपछी जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने गृहमन्त्रालय द्वारा प्रकाशित बिज्ञप्तीमा उल्लेख छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बिहीबारदेखि २०० भन्दा बढी सक्रिय संक्रमीत भएका जिल्लामा जोरबिजोर प्रणाली लागू हुने निर्णय गरेको हो ।
यस सङ्गै अत्यावश्यक सेवा बाहेकका सबैप्रकारका सवारीसाधन जोर बिजोर प्रणालीबाट सन्चालन हुनेछन । लामो लकडाउनपछि गत जेठ २८ गतेको बैठकले एक जिल्लाभित्र मात्रै चल्न पाउने गरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । त्यसको झण्डै एक महिनापछि सरकारले असार अन्तिम साता छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको थियो ।
सरकारले आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न साउन ९ गते मध्यरातदेखि लागू हुनेगरी लकडाउन खुला गरेको बताएको थियो । सरकारको निर्णयपछि पनि व्यवसायीले विभिन्न माग राखेर यातायात सञ्चालन गर्न मानेका थिएनन् तर पछी व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार भएपछि साउन ८ देखि यातायातका साधन सञ्चालनमा आएका थिए । यद्यपी लामो दूरीका सवारीसाधन अझै सञ्चालनमा आइसकेको छैन ।
सरकारले लकडाउन खोलेर अवस्थालाई सामान्यीकरण गर्न खोजिरहेकाे बेला संक्रमितको संख्या बढ्न थालेसँगै फेरि यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो । यस्तै संक्रमण न्यूनीकरणका लागि पुनः लकडाउन गर्नुपर्ने आवाज समेत उठेको छ । मंगलबार प्रधानमन्त्रीले विज्ञहरुसँग गरेको छलफलमा १५ दिन कडाखालको लकडाउन गर्न सुझाव आएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…