२१ साउन, काठमाडौं । कोरोना महामारी रोक्न देशका १५ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।
गृह मन्त्रालयका अनुसार झापा,मोरङ,सप्तरी, धनुषा, नुवाकोट, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी भएको छ । पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा छ भने सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा तोकिएको छ ।
झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्र, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६,७ र ८ मा निषेधात्रा लगाइएको मन्त्रालयले जनाएको छ ।
दार्चुलाको मार्मा गाउँपालिका क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ ।त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका क्षेत्र, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, नुवाकोटको सदरमुकाम क्षेत्र, बझाङको थलारा गाउँपालिका–५ र केदारस्यू गाउँपालिका ६ र ७ मा निषेधाज्ञा लगाइएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…