बेरूतको बन्दरगाहमा ठूलो विस्फोटनमा कम्तिमा ७८ जनाको निधन र ४००० भन्दा बढी घाइते

लेबनानको राजधानी बेरूतको बन्दरगाहमा भएको एउटा ठूलो विस्फोटनमा कम्तिमा ७८ जनाको निधन र ४००० भन्दा बढी घाइते भएका छन । मंगलबार भएको विष्फोटले शहर शोकमा डुबेको छ भने राजधानीको बाहिरी भागमा समेत व्यापक क्षति पुर्‍याएको छ।

विस्फोटको कारण तत्काल स्पष्ट हुन नसके पनि अधिकारीहरूका अनुसार पछिल्लो छ वर्षमा जफत गरिएको २,७०० टन अमोनियम नाइट्रेटसँग जोडेका छन । अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो। राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु “अस्वीकार्य”रहेको बताएका छन्।

विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ। अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन्।

सञ्चार माध्यमहरूले जनाए अनुसार विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो। स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन्।

सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो।

राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो।

ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए। सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ।फैसला शुक्रवार हुँदै थियो।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago