नेविसंघको विरोध प्रदर्शन,कांग्रेसका भ्रष्टाचारीलाई कारबाहीको माग l

काठमाडौँ-नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी भित्रका भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेको छ ।

नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन माग गर्दै आइतबार केन्द्रीय कार्यालय सानेपा पुगेका विद्यार्थी नेताहरुले पार्टी भित्र भ्रष्टाचार बढेको भन्दै छानविन गरी कारबाही गर्न माग गरेका हुन् । विद्यार्थी नेताहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

उनीहरुले पार्टी भित्रको भ्रष्टाचार छानबिन गर्न र भ्रष्ट नेतालाई कारबाही गर्न माग गर्दै नारा समेत लगाए । नेविसंघको वर्तमान कार्यसमितिको कार्याकाल २६ दिन मात्रै बाँकी रहेको भन्दै तत्काल पूर्णता दिई महाधिवेशन उन्मुख गराउन माग गर्दै नेविसंघका कोषाध्यक्ष शिव रिमालको नेतृत्वमा विद्यार्थी नेताहरु सानेपा पुगेका थिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago