यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा पनि नहुने, आन्तरिक मुल्यांकनकै आधारमा प्रमाणपत्र दिइने

कक्षा ११ को बोर्ड परीक्षा नहुने यस वर्ष आन्तरिक मुल्यांकनकै आधारमा प्रमाणपत्र दिइने भएको छ l

सरकारले यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नगर्ने भएको छ ।शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नगर्ने निर्णय गरेको हो। शुक्रबार बसेको परिषद्को बैकठले आन्तरिक मुल्यांकनसम्बन्धी कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिएको छ।

विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय भएको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले जनाएको छ ।

कोरोना संक्रमणका कारण बोर्डले लिने अवस्था नभएकाले यस पटकलाई कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले बताए।

उनका अनुसार बोर्डले कार्यविधि बनाएपछि सम्बन्धित विद्यालयले विद्यार्थीलाई अंक प्रदान गर्नेछन्। त्यहि आधारमा बोर्डले प्रमाणपत्र दिने जनाएको छ।

यस अघि एसईई अर्थात कक्षा १० को परीक्षा पनि रद्द गरिएको थियो। आन्तरिक मुल्यांकनकै आधारमा प्रमाणपत्र दिने निर्णय गरिएको थियो।

कक्षा १२ को विषयमा भने कुनै निर्णय गरिएको छैन। कक्षा १२ को अन्तिम परीक्षा भएकाले केही समय पर्खिने जनाएको छ। कोरोना संक्रमण अझै लम्बिए त्यससम्बन्धी पनि विचार गर्न सकिने परिषदले जनाएको छ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । यसअघि कक्षा ११ को परीक्षा बोर्डले सञ्चालन गर्दै आएको थियो ।

कोरोना भाइरसको महामारीपछि सरकारले यसअघि एसईई परीक्षा पनि नगर्ने निर्णय गरेको थियो ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago