कक्षा ११ को बोर्ड परीक्षा नहुने यस वर्ष आन्तरिक मुल्यांकनकै आधारमा प्रमाणपत्र दिइने भएको छ l
सरकारले यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नगर्ने भएको छ ।शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नगर्ने निर्णय गरेको हो। शुक्रबार बसेको परिषद्को बैकठले आन्तरिक मुल्यांकनसम्बन्धी कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिएको छ।
विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय भएको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले जनाएको छ ।
कोरोना संक्रमणका कारण बोर्डले लिने अवस्था नभएकाले यस पटकलाई कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले बताए।
उनका अनुसार बोर्डले कार्यविधि बनाएपछि सम्बन्धित विद्यालयले विद्यार्थीलाई अंक प्रदान गर्नेछन्। त्यहि आधारमा बोर्डले प्रमाणपत्र दिने जनाएको छ।
यस अघि एसईई अर्थात कक्षा १० को परीक्षा पनि रद्द गरिएको थियो। आन्तरिक मुल्यांकनकै आधारमा प्रमाणपत्र दिने निर्णय गरिएको थियो।
कक्षा १२ को विषयमा भने कुनै निर्णय गरिएको छैन। कक्षा १२ को अन्तिम परीक्षा भएकाले केही समय पर्खिने जनाएको छ। कोरोना संक्रमण अझै लम्बिए त्यससम्बन्धी पनि विचार गर्न सकिने परिषदले जनाएको छ।
विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । यसअघि कक्षा ११ को परीक्षा बोर्डले सञ्चालन गर्दै आएको थियो ।
कोरोना भाइरसको महामारीपछि सरकारले यसअघि एसईई परीक्षा पनि नगर्ने निर्णय गरेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…