सन्ताेष गहतराग
पाल्पा- जिल्लाकाे पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ वर्षिय पुरुषको काेराेनाले मृत्यु भएको पुष्टि भए पछि साे युवाकाे उपचारमा संलग्न युनाईटेड मिसन अस्पतालका स्वास्थ्यकर्मी सहित कर्मचारीहरुलाई सेल्फ क्यारेन्टाईनमा राखिएको छ ।
मंगलबार अस्पतालको आईसोलेसन कक्षमा उपचार क्रममा मृत्यु भएका पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भए पछि उपचारमा संलग्न १९ जना स्वास्थ्यकर्मी सहित कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत जीवन भट्टराईले जानकारी दिनुभयाे । काेराेनाले मृत्यु भएकाे पुष्टिसँगै उपचार संलग्न चिकित्सक, नर्स, ल्याव असिष्टेण्ड, सुरक्षागार्ड र सरसफाई कर्मचारी गरी १९ जनालाई अस्पतालको सेल्फ क्वारेन्टाइनमा राखिएको प्रशासकिय अधिकृत भट्टराईले भन्नुभयाे ।
मिसन अस्पतालले भूषालडाडाँ स्थित वृद्धाश्रममा निर्माण गरेको आइसोलेसनमा ५ जना कोरोना पोजेटिभ भएका विरामीलाई राखिएको र उनीहरुको अवस्था सामान्य रहेको छ । तर विरामीहरुको सहि व्यवस्थापनका लागि कही कतैबाट पहल हुन नसक्दा समस्या उत्पन्न भएको छ । कोरोना लक्षण देखिएका विरामी र पिसिआर पोजेटिभ भएका नागरिकलाई सम्बन्धित गाउँपालिकाहरुले लिएर छोड्ने र त्यसको कुनै पनि मतलव नगर्दा समस्या उत्पन्न भएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत भट्टराईले बताउनुभयाे ।
ति पुरुषको विहिबार पिसिआर रिपोर्ट पोजेटिभ आएपछि अस्पताल आसपासका क्षेत्र अघोषित रुपमा सील गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उक्त क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा गरेको छ । मृतकको अन्तिम संस्कार विहिवार राति नै डुम्रे चर्चरेकाे जंगल क्षेत्रमा गरिएकाे छ । उता स्वास्थ्य कार्यालय पाल्पाले भने अस्पतालमा कन्ट्रयाक्ट ट्रेसिङ र पिसिआर परीक्षणकाे लागि आवश्यक तयारी गरिएकाे जनाएकाे छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…