मिसन अस्पतालका स्वास्थ्यकर्मी सहितका कर्मचारी सेल्फ क्यारेन्टाईनमा

सन्ताेष गहतराग

पाल्पा- जिल्लाकाे पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ वर्षिय पुरुषको काेराेनाले मृत्यु भएको पुष्टि भए पछि साे युवाकाे उपचारमा संलग्न युनाईटेड मिसन अस्पतालका स्वास्थ्यकर्मी सहित कर्मचारीहरुलाई सेल्फ क्यारेन्टाईनमा राखिएको छ ।

मंगलबार अस्पतालको आईसोलेसन कक्षमा उपचार क्रममा मृत्यु भएका पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भए पछि उपचारमा संलग्न १९ जना स्वास्थ्यकर्मी सहित कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत जीवन भट्टराईले जानकारी दिनुभयाे । काेराेनाले मृत्यु भएकाे पुष्टिसँगै उपचार संलग्न चिकित्सक, नर्स, ल्याव असिष्टेण्ड, सुरक्षागार्ड र सरसफाई कर्मचारी गरी १९ जनालाई अस्पतालको सेल्फ क्वारेन्टाइनमा राखिएको प्रशासकिय अधिकृत भट्टराईले भन्नुभयाे ।

मिसन अस्पतालले भूषालडाडाँ स्थित वृद्धाश्रममा निर्माण गरेको आइसोलेसनमा ५ जना कोरोना पोजेटिभ भएका विरामीलाई राखिएको र उनीहरुको अवस्था सामान्य रहेको छ । तर विरामीहरुको सहि व्यवस्थापनका लागि कही कतैबाट पहल हुन नसक्दा समस्या उत्पन्न भएको छ । कोरोना लक्षण देखिएका विरामी र पिसिआर पोजेटिभ भएका नागरिकलाई सम्बन्धित गाउँपालिकाहरुले लिएर छोड्ने र त्यसको कुनै पनि मतलव नगर्दा समस्या उत्पन्न भएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत भट्टराईले बताउनुभयाे ।

ति पुरुषको विहिबार पिसिआर रिपोर्ट पोजेटिभ आएपछि अस्पताल आसपासका क्षेत्र अघोषित रुपमा सील गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उक्त क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा गरेको छ । मृतकको अन्तिम संस्कार विहिवार राति नै डुम्रे चर्चरेकाे जंगल क्षेत्रमा गरिएकाे छ । उता स्वास्थ्य कार्यालय पाल्पाले भने अस्पतालमा कन्ट्रयाक्ट ट्रेसिङ र पिसिआर परीक्षणकाे लागि आवश्यक तयारी गरिएकाे जनाएकाे छ ।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago