विदेशबाट नेपालीको उद्धार शुरु, म्यानमारबाट २६ जना काठमाडौं आइपुगे

कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारो परेका नेपालीको उद्धार सुरू भएको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं ल्याइएको छ ।

म्यानमार सेनाको विमानबाट आएका उनीहरुलाई नेपाली सेनाले तयार पारेको वसुन्धारास्थित होल्डिङ सेन्टरमा लगेको छ ।

म्यानमार सेनाको एयरफोर्सले उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमास्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले जानकारी दिएका छन् । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ ।

विमानस्थलमा ओर्लिने वित्तिकै उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरिनेछ । सीसीएमसी स्रोतका अनुसार म्यानमारबाट आउने २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ छ । सेन्टरमा उनीहरुको थप व्यक्तिगत विवरण पनि संलकन गरिनेछ ।

उनीहरू सबैको पीसीआर रिपोर्ट नेगेटिभ रहेकाले छिट्टै सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने तयारी भएको छ ।विदेशबाट उद्धार गरिएकालाई समस्या नहोस भने नेपाल टेलिकमले निःशुल्क सीम कार्डको ब्यवस्था गरेको छ ।

सरकारले शुक्रबार म्यानमारसँगै युएईबाट पनि १६८ जनालाई ल्याउने तयारी गरेको पनि युएईको उडान भने ढिला हुने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

नेपाली समय अनुसार यूएईबाट आउने विमान १२ बजे काठमाडौं अवतरण हुने भनिए कति बेला नेपाल आइपुग्ने टुंगो नभएको उनले जानकारी दिए । तर नेपालीलाई लिएर विमान भने आजै आउने उनले जानकारी दिए ।

विदेशबाट दैनिक २९ सय जनासम्म ल्याउने गरि तयारी पूरा भएपछि सरकारले शुक्रबारदेखि नेपालीको उद्धार सुरू गरेको हो ।

म्यानमारबाट आएका २६ जनालाई वसुन्धारास्थित होल्डिङ सेन्टरमा

म्यानमारबाट उद्दार गरिएका २६ जना नेपालीलाई नेपाली सेनाले वसुन्धारातर्फ लगेको छ । उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लगिएको हो ।

सैनिक स्रोतका अनुसार काठमाडौंमा प्रदेश नं। ३, ४ र ५ घर भएकालाई मात्र राख्ने भनिए पनि बर्माबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको हो । सेन्टरमा उनीहरुले बढीमा एक रात बस्नुपर्नेछ ।

त्यसपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइनेछ । उनीहरुमध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो । यद्यपि, उनीहरुको स्वास्थ्य स्थितिको हरेक विवरण सेनाले राख्नेछ ।

कोरोना परीक्षण नगरिएकाको हकमा सम्बन्धित प्रदेशमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाउने सरकारी तयारी छ । शुक्रबारै यूएईबाट पनि १६८ जनालाई नेपाल ल्याउने तयारी गरिएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago