सरकारले सामुहिक कोभिड – १९ बीमामा ५० प्रतिशत छुट दिने

२०७७, १५ जेष्ठ बिहीबार २०:१२

पाल्पा । सरकारले सामुहिक कोभिड – १९ बीमामा अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक बर्ष २०७७/७८ को बजेटबाट अनुदान दिने भएको हो ।व्यक्तिगत कोरोना बीमामा कुनै छुट पाइनेछैन भने सामूहकि रुपमा बीमा गर्दा ५० प्रतिशत छुट दिने सरकारले घोषणा गरेको हो ।

सामूहिक कोराना बीमामा सरकारले अनुदान दिने घोषणा गरेसँगै अब एक लाख रुपैयाँको कोरोना बीमा ३०० मै हुने भएको छ भने ५० हजार रुपैयाको कोरोना बीमा १५० रुपैयाँमा हुने भएको छ । तर यो ब्यवस्था भने साउन १ गते देखि लागू हुने छ ।

Comments

ताजा खबर