आगामी आर्थिक वर्षको बजेट विनियोजन विधेयक बहुमतले पारित

२०७७, २८ जेष्ठ बुधबार १५:२३
सांसद सभा

काठमाण्डाै ।  सात प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट (विनियोजन विधेयक) बहुमतले पारित भएको छ । सभामुख अग्नि सापकोटाले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको हाे ।

बुधबार बजेटमाथि उठेका प्रश्नहरुको प्रधानमन्त्री केपीशर्मा ओलीले नै जवाफ दिनुभएकाे थियाे । गत जेठ १५ गते  ९ खर्ब ४८ अर्ब चालु खर्चका लागि छुट्याइएको छ। त्यस्तै पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब समेत गरी कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गर्नु  भएकाे थियाे ।

Comments

ताजा खबर