कोरोना संक्रमीत २१ जना निको भएर घर फर्किए

२०७७, ९ जेष्ठ शुक्रबार १३:३३

बुटवल । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकेमा पहिलो संक्रमण देखापरेका एकजना धर्मगुरु सहित २१ जनाले कोरोना संक्रमणलाई पराजित गरेका छन् । बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो । अस्पतालको आइसोलेसनमा बाँके र बर्दियाका २८ जनाले उपचार गराइरहेका थिए। उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो’ आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश थापाले भने, ‘बाँकी ७ जनाको पनि स्वास्थ्य अवस्था सामान्य नै छ ।’

आइसोलेसन अस्पतालका प्रमुख डा.थापाले औपचारिक रुपले फुलमाला लगाएर विदा गरिएको बताए । उनी भन्छन कोरोना पोजेटिभ देखिंदैमा आत्तिन नपर्ने र मनोबल उच्च बनाएमा कोरोनालाई जित्न सकिन्छ । कोरोना पोजेटिभ देखिए पनि आफूले निको हुन्छ भन्ने आत्मविश्वास लियो भने कोरोनालाई जितिने छ ।

Comments

ताजा खबर