लक्षण नभएका नागरिकले स:शुल्क आरडीटी र पीसीआर परिक्षण गर्न पाउने

२०७७, ६ जेष्ठ मंगलवार २३:५१

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढीरहेको अवस्थामा परिक्षणको दायरा फराकिलो बनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न दिने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटी/पीसीआर गर्न इच्छुक भएमा सशुल्क परिक्षण गर्न पाउनेछन् । जसका लागी १५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
परिक्षण गराउनेका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामा परीक्षण गर्न दिने निर्णय भएको उनले बताए । हालसम्म सरकारले नि:शुल्क रुपमा परिक्षण गरेको छ । सरकारले गरेको यस्तो नीतिगत व्यवस्थापछि पीसीआर परीक्षणको दायरा बढ्ने दाबी गरेको छ ।

Comments

ताजा खबर