कुनैपनि कक्षामा बिद्यार्थी भर्ना नलिन निर्देशन

२२, वैशाख । कोरोना भाइरस संक्रमण जोखिमको कारण चैत ११ देखि जारी लकडाउनका कारण शैक्षिक संस्थाहरु बन्द रहेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सुचना प्रकासित नहुदासम्म नयाँ कक्षा तथा तहमा भर्ना नगर्न नगराउन निर्देशन दिएको छ ।


हाल सबै विद्यालयहरूको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्ने, नगराउनु हुनका साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाइन पठन पाठनको नाममा शुल्क लिने वा बैक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरू नगर्नु नगराउनु हुन सूचित गरिन्छ, मन्त्रालयले जारी गरेको सूचनाामा उल्लेख छ ।

यसैगरी, कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ११ तथा १२ का परीक्षाका सम्बन्धमा हालसम्म कुनै थप वा नयाँ निर्णय नभएको समेत मन्त्रालयले जानकारी गराएको छ । संस्थागत विद्यालयहरूले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनी नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गरी अभिभावक तथा स्थानीय तहलाई आवश्यक जानकारी दिन समेत मन्त्रालयले निर्देशन दिएको छ । एसईई, कक्षा ११ र १२ को परिक्षाको बारेमा अहिले सम्म कुनै निर्णय नभएको जारी बिज्ञप्ती मार्फत स्पष्ट पारेको छ । केही विद्यालयले अनलाइन कक्षाका नाममा शुल्क असुलेको र कक्षा संचालन गरेका सामाचार प्रसारण भएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि यस्ता गतिविधि रोक्न निर्देशन दिएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago