कुनैपनि कक्षामा बिद्यार्थी भर्ना नलिन निर्देशन

२२, वैशाख । कोरोना भाइरस संक्रमण जोखिमको कारण चैत ११ देखि जारी लकडाउनका कारण शैक्षिक संस्थाहरु बन्द रहेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सुचना प्रकासित नहुदासम्म नयाँ कक्षा तथा तहमा भर्ना नगर्न नगराउन निर्देशन दिएको छ ।


हाल सबै विद्यालयहरूको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्ने, नगराउनु हुनका साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाइन पठन पाठनको नाममा शुल्क लिने वा बैक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरू नगर्नु नगराउनु हुन सूचित गरिन्छ, मन्त्रालयले जारी गरेको सूचनाामा उल्लेख छ ।

यसैगरी, कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ११ तथा १२ का परीक्षाका सम्बन्धमा हालसम्म कुनै थप वा नयाँ निर्णय नभएको समेत मन्त्रालयले जानकारी गराएको छ । संस्थागत विद्यालयहरूले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनी नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गरी अभिभावक तथा स्थानीय तहलाई आवश्यक जानकारी दिन समेत मन्त्रालयले निर्देशन दिएको छ । एसईई, कक्षा ११ र १२ को परिक्षाको बारेमा अहिले सम्म कुनै निर्णय नभएको जारी बिज्ञप्ती मार्फत स्पष्ट पारेको छ । केही विद्यालयले अनलाइन कक्षाका नाममा शुल्क असुलेको र कक्षा संचालन गरेका सामाचार प्रसारण भएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि यस्ता गतिविधि रोक्न निर्देशन दिएको छ ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago