तानसेन वडा न २ ले विपन्न घरपरिवारलाई राहत प्रदान ।

सन्ताेष गहतराज , पाल्पा,बैशाख २३ । तानसेन नगरपालिका वडा नं २ ले विपन्न घरपरिवारलाई सहुलियतमा करिब २६० घरपरिवारलाई राहत प्रदान गरेकाे छ ।

वडा कार्यालयले नगरपालिकाले निर्धारण गरेकाे मापदण्ड अनुसार वडा भित्रका विपन्न जनजाति १७०,खस क्षेत्री अन्य ६१,अल्पसंख्यक मुस्लिम १७,दलित १६ र आप्रबासी १२ गरि करिब २६० घरपरिवारलाई सहुलियतमा राहत प्रदान गरेकाे वडा अध्यक्ष वरूण प्रसाद रेग्मीले बताउनु भयाे । 

वडाले सहुलियतमा चामल,दाल,नुन,तेल लगाएत अन्य अत्यावश्यक बस्तु प्रदान गरिएकाे वडा सदस्य शान्ति झेडीले बताउनु भयाे ।  राहत वितरण कार्यक्रममा महेश्वर श्रेष्ठ , मन्जु रणपाल लगाएको सहभागिता रहेकाे थियाे ।

वडाले पहिलो चरणमा दैनिक ज्यालादारी तथा काेठा भाडामा बस्ने करिब १०५ विपन्न घरपरिवारलाइ राहत प्रदान गरिसकेकाे छ । अब लकडाउन लम्बिएमा राहत प्रदान गरिने वडा कार्यालयले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago