जनवरी ४, टोकियो । टोकियोमा बिहीबार अर्घाखाँची समाज जापानको तेश्रो अधिबेशन सम्पन्न गर्दै तेस्रो अधिवेशनले बाबुराम पौडेललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।
समाजका अध्यक्षमा अर्घाखाचीको डिवर्ना जन्मनुभएका पौडेल जापान प्रवेश संगै समाजमा आवद्ध हुनुभएको थियो । २०१५ मा कार्यसमिती सदस्यमा प्रवेश गर्नुभएका पौडेल महासचिव हुदै २०२०-०२२ का लागि अध्यक्ष बन्नुभएको हो । उहाँले आफनो कार्यकालमा जापानमा छरिएर रहेका सबै अर्घाखाचीबासीहरुलाई एकिकृत गरि अगाडी बढ्ने बताउनुभयो । जिल्लाबासीको समस्या नै आफ्नो समस्या भएकोले सबैको दु:ख र सु:खको सहयात्री बन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै अध्ययनका लागि जापान आएका जिल्लाबासी बिद्यार्थीहरुलाई अध्ययन पश्चात स्थाई रोजगारीका लागी समेत पहल गर्ने उल्लेख गर्नुभयो । त्यसका लागी जापानी कम्पनीहरुसंग सहकार्य गर्ने जानकारी दिनुभयो । जन्मभूमीप्रति पनि समाजको उत्तिकै दायित्व भएकोले जिल्लामा आईपर्ने भैपरि समस्याका लागी पनि सिंगो कार्यसमिती नै प्रर्तिवद्ध रहेको बताउनुभयो ।
२ बर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा अयन बहादुर टण्डन, कृष्ण के .सी, नेत्र प्रसाद पन्थी, महासचिबमा नारायण भुसाल, सचिब संगीता थापा, बाबुराम घिमिरे, कृष्ण बहादुर आले, कोषाध्यक्ष टोप बहादुर घर्ती मगर, सह-कोषाध्यक्ष बासुदेब फुल्लेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा कृष्ण बहादुर आले मगर , दिल ब. श्रेष्ठ, चेतन घर्ती मगर, चेत नारायण थापा, हरी गौतम , ध्रुब बन्जाडे, अबिनास जी सी, मुना जी सी टण्डन, राजकुमारी रायमाझी, शर्मिला फुल्लेल, कमला थापा के.सी , केतकला आले चयन हुनुभएको छ ।
एभरेष्ट इन्टरनेशनल स्कुल जापानका अध्यक्ष डा. भूपालमान श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बोल्दै समाजले जिल्लाबासीका समस्यालाई मध्यनजर गरि समाधानको बाटो खोज्नु पर्ने बताउनुभयो । उहाँले समाजका प्रतिभाशाली व्यक्तीलाई पहिचान प्रवद्धन गर्नु पर्ने र अरुभन्दा फरक तरिकाले समाज चलाउन सुझाव दिनुभयो ।
सोही कार्यक्रममा एन आर एन ए जापानका अध्यक्ष देबिलाल भण्डारी , नेपाली ब्यबसायी संघ जापानका अध्यक्ष बिजय थकाली,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले ,समाजका संरक्षक ज्योतिष घर्ती मगर र नेत्र बिस्ट , डा. बिष्णु खनाल लगायतले बोल्दै जापानमा सबै जिल्लाका आ-आफना समाज भएकाले सबैसंग सहकार्य गर्दै अघि बढन सुझाव दिनुभएको थियो ।
समाजका उपाध्यक्ष कृष्ण केशीको स्वागत महासचिब नारायण भुसालको संचालनमा सम्पन्न कार्यक्रममा बाल गाएक प्रेमप्रकाश टण्डन र अनेसास जापानका सचिव धुर्व बन्जाडेले गित र साहित्यको माध्यमबाट उपस्थित सबैलाई मनोरन्जन दिनुभएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…