काठमाडौं प्रहरी प्रमुखको निर्देशन – कानुन कार्यान्वयनमा कठोर भएर प्रस्तुत हुनुस्

 काठमाडौं ,मंसिर १९ । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले कानुन कार्यान्वयनमा कठोर भएर प्रस्तुत हुन प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

फाइल फोटो

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको निरीक्षण गर्दै उनले नागरिकप्रति उत्तरदायी हुँदै नम्र बोली, बचन र व्यवहारको साथ प्रस्तुत हुँदै कानुन कार्यान्वयनका क्रममा कठोर बन्न निर्देशन दिएका हुन् ।

सिंहले भनेका छन्, ‘गुण्डागर्दी, चन्दा आतंक, फिरौती, धाकधम्की लगायतका गतिविधिहरु निर्मुल पार्न सके मात्र समाज शान्त र भयरहीत हुन्छ । यो कुरा केवल नेपाल प्रहरीले मात्रै गर्न सक्ने हुँदा सोतर्फ नडगमगाई काम गर्नुस् ।’

उनले निरीक्षणपछि निर्देशन दिँदा महाराजगञ्जका डीएसपी रोशन खड्का, बुढानीलकण्ठ र गोंगबु प्रभागका निरीक्षकसहित अन्य अधिकारीहरु उपस्थित थिए ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago