Categories: समाज

फरार कैदीबन्दी पक्राउ, सुरक्षामा खटिएका तीन प्रहरी निलम्बन

डोटी। जिल्ला बालसुधार गृह डोटीबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको

पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरा रहेको प्रहरीले जनाएको सोही गाउँपालिकाकी १२ वर्षीयाबालिका सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परी पुर्पक्षका लागि उनलाई जिल्ला बाल सुधार गृह डोटीमाराखेको थियो गए राति करिब ११ बजे फरार भएका बोहरालाई जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीकोनेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँको जङ्गलबाट पक्राउ गरेको हो

जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिन पहिले कोरोना सङ्क्रमण पुष्टिभएपछि बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो उनले बिहीबार राति करिब ११ बजेकोसमयमा अस्पतालको शौचालयको भेन्टिलेसन फुटाएर फरार भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षकजनकराज पाण्डेयले बताउनुभयो उहाँले भन्नुभयो, “बोहरा शौचालयको भेन्टिलेसन फुटाएर भागेछ, हामीले भागेदेखि नै खोजीकार्यजारी गरेका थियौँ, सानागाउँको जङ्गलमा लुकेको अवस्थामा आज उनलाई पक्राउ गरेका छौँ पक्राउ परेका फरार अभियुक्तबोहरालाई अब जिल्ला अस्पतालमा राख्ने वा कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रहरी प्रमुख पाण्डेयले जानकारी दिनुभयो

आइसोलेसनबाट हत्या अभियोगी बोहरा फरार भएपछि उनको सुरक्षाका लागि त्यहाँ खटिएका तीना जना प्रहरीलाई निलम्बन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले हत्या अभियोगीबोहराको सुरक्षामा अस्पतालको आइसोलेसनमा खटिएका सबै प्रहरी कर्मचारीलाई निलम्बन गरिएको बताउनुभयो उहाँले भन्नुभयो, “बोहराको सुरक्षाका लागि खटिएका प्रहरीको सुरक्षा जिम्मेवारीमा कही कमीकमजोरी तथा लापर्वाही भएको देखियो, सबैलाई निलम्बनगरी घटनासम्बन्धी आवश्यक छानबिन हुनेछ

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बझाङको मष्टागाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका बोहोरालाई उमेर कम भएका कारणपुर्पक्षका लागि जिल्ला बालसुधार केन्द्र डोटीमा पठाइएको थियो पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिनपहिले कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीसहित अन्य चारजनालाई बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमाभर्ना गरिएको थियो

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago