Categories: विचार

जोड्दै नजोडिएको नेकपा फुट्छ भन्ने रोईलो किन !

जापान , कविकिरण न्यौपाने । जोड्दै नजोडिएको नेकपा फुट्छ भन्ने रोईलो किन !

यतिवेला नेपालको नेकपा पार्टी फुट्ने संघारमा पुग्यो भनेर रोइला मच्चिरहेको सुन्न र देख्न पाईन्छ। अनि एकता लाई जोगाई राख्नु पर्छ अरे। के तात्कालिन नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) बिच एकता भएकै हो त ? एकताका सबै प्रकृया टुङ्गिए त ? नेकपाका नेताहरुकै भनाई सापटी लिने हो भने पनि एकता प्रकृयाले पूर्णता पाएको छैन। त्यतिवेला केवल चुनाव जित्नको लागी चुनावी तालमेल मात्र थियो। र अहिलेसम्म आईपुग्दा बैधानिक रुपमा पार्टी दर्ता गरिए पनि एकताका सबै प्रकृया पुरा मात्र नभएको होईन भावनात्मक रुपमा नै पार्टी एक छैन ,जुन पार्टी चलायमान बनाउन अत्यन्तै आवश्यक पर्छ।

नेकपाका नेताहरुनै एक आपसमा प्रतिपक्षको जस्तै व्यवहार गरिरहेका छन्, जुन कसैबाट पनि छिपेको छैन । नेकपाका नेताहरुले नै नेकपा फुटको संघारमा पुग्यो भनि रहेका छन् । तर हामी फुट्न हुदैन , जुट्नु पर्छ भनेबाट के प्रष्ट हुन्छ भने नेकपा एकै ठाउँमा मिसिएको होइन, टाँसिएको मात्र हो। सिङ्गो पार्टी भनेको यौट्टा मुर्ति हो , जुन मुर्तिकारले वडो मेहेनत गरेर बनाउछन । तर नेकपाको त्यो मुर्तिले जनताले चाहे जस्तो सहि आकृति नै पाएको छैन। नेकपामा यतिबेला मुर्ति जस्तै पार्टी र्निमाणमा ध्यान गएको देखिदैन । जहाँ सुकै पनि केवल भागवण्डा मात्रको कुरा हुन्छ ।अनि आफु संगैका साथीहरुलाई अघि बढ्छ भनेर छिड्की हान्ने प्रवृत्ति नेकपामा मौलाएको छ। कुनै यौट्टा पार्टीले बहुमत नल्याए सम्म देश अस्थिर हुने र देशले गति नपाउने भनियो । जनताले सोही अनुसार तात्कालिन एमाले र माओवादीको गठवन्धनलाई विश्वास गरेर मत दिए। तर पनि अहिले अवस्था उस्तै छ । जनताको सुविधा होईन, नेता अनि आसेपासेको मात्र सुविधा वढेको छ । पछिल्लो समय नेकपामा खुमलटार बालुवाटारको यात्रामा थाकेका र बालुवाटार भने खुमलटारलाई उस्को हैसियत देखाउन खोज्दै छन्। अर्थात प्रचण्ड बालुवाटार धाउन छाडेका छन् भने ओली प्रचण्डको हैसियत देखाउनको लागी होला, संगै बस्न सकिन्न भने अलग हुन मिल्छ भन्न समेत पछी परेका छैनन्। २००६ सालमा अर्थात आज भन्दा ७७ वर्ष अगाडी नेपालमा कम्यूनिष्ट पार्टीको स्थापना भए देखीकै अहिले नेपाली जनताले नेकपालाई विश्वास गरेर यति धेरै मत दिए , तर नेकपाको टाउकेहरुको कृपाकलापले जनताले दिएकै मतको अपमान भएको छ।नेपालका प्राय राजनैतिक पार्टीहरु विधिले चल्नु पर्नेमा जहिले पनि केहि मुठ्ठी भरका टाउकेहरुको गिदीले चलाइयो र सधै समस्या आएको हो ।

मुलुकमा यति धेरै समस्याहरु छन्, त्यस्मा पनि कोरोनाको यस्तो महामारीमा पनि बालुवाटार खुमलटारेहरु लाई रिजाउनमा नै लाग्नु परेको जनतालाई भने पटक्कै मन परेको छैन्। के देश अनि जनताले नेकपाको यो तान्डव आगामी चुनाव सम्म हेरी रहन पर्ने हो ? (लेखक नेपाल पत्रकार महासंघ, जापान साखाका संस्थापक सदस्य एवं वर्तमान सल्लाहकार हुन्। )

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago