काठमाडौं : कोरोना भाइरस संक्रमणमा कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ।
मृत्यु भएकामा इटहरीकी ९ वर्षीया बालिका र धरानका ६१ वर्षीय पुरुष रहेको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारीदिए। सोमवार कोभिड–१९ पुष्टि भएपछि मंगलवार अस्पताल भर्ना भएकी इटहरी वडा ६ की ९ वर्षीया बालिकामा अटो इम्युन कन्डिसनरहेको अस्पतालले जनाएको छ।
उनको बुधवार बिहान ३:२५ बजे मृत्यु भएको हो। त्यसैगरी असोज ३० गते कोरोना पुष्टि भएका धरान वडा १ का पुरुषमाहाइपरटेन्सनलगायतका रोग भएको उल्लेख गरिएको छ। उनको बुधवार बिहान ३:१५ बजे मृत्यु भएको हो अस्पतालले जनाएको छ। यसअस्पतालमा कोरोना संक्रमणका कारण हालसम्म ८५ जनाको मृत्यु भइसकेको छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…