काठमाडौँ। काठमाडौँको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान अहिले पनि जारी रहेको छ । बन्दाबन्दीको समयदेखि नैशुरु भएको उक्त अभियान अझै छठसम्म लैजाने योजना अभियानकर्मीको छ । काठमाडौँ महानगरपालिकाले वैकल्पिक व्यवस्था गर्नेभन्दै यसरी खाना नखुवाउन गरेको आग्रहलाई बेवास्ता गर्दै युवाले आज पनि उक्त अभियान जारी राखेको अभियान सञ्चालन गर्ने हाम्रोटिम नेपालका संयोजक विमल पन्तले जानकारी दिनुभयो ।
“विगत केही दिनदेखि हामीलाई महानगरले खाना नखुवाउन भनिरहेको छ, तर यसरी महिनौँदेखि सञ्चालन भएको अभियानलाईचाडबाडको बीचमै हामी छाड्न सक्दैनौँ”, पन्तले भन्नुभयो, “होइन भने महानगरले नै उनीहरुलाई खाना खुवाओस् ।”
सोही विषयमा आज महानगरले छलफलका लागि बोलाएको पन्तले राससलाई जानकारी दिनुभयो । आज बिहान पनि खुवाएको रसाँझ पनि खाना खुवाउने क्रम जारी रहने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार झण्डै एक हजार व्यक्तिले काठमाडौँकोरत्नपार्कलगायत क्षेत्रमा आएर खाना खाने गरेका छन् ।
विगतमा बन्दाबन्दीका बेला धेरै भए पनि अहिले भने सङ्ख्या कम रहेको हाम्रो टिम नेपालका सदस्य उमेश बोहराले बताउनुभयो ।कतिपय अवस्थामा वास्तविक मजदूरभन्दा अन्य व्यक्तिले समेत खाना खाने गरेको बताइन्छ । विभिन्न संस्था आएर जतिखेर पनिखुवाउने गरेकाले पनि महानगरपालिकाले चासो दिएको बताउँदै बोहराले अभियानलाई अझै व्यवस्थित बनाएर लैजाने बताउनुभयो ।त्यसमा महानगर र प्रहरी सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गत चैत ११ गतेबाट मुलुकमा बन्दाबन्दी घोषणा गरेको थियो । त्यसको तीन दिनपछि१४ गतेबाट ‘हाम्रो टिम नेपाल’ र ‘हन्ड्रेस् ग्रुप्स नेपाल’ले सुरु गरेको अभियान अहिलेसम्म जारी छ । यसअघि अन्य विभिन्न संस्थाले समेतउक्त अभियान चलाए पनि यो समूहले भने नियमित गर्दै आएको छ ।
एकजना मजदूर पम्फा थापाले खाना खुवाउने अभियानलाई महानगरले रोक्न लागेको कुरा सुनेकाले त्यस्तो नगर्न अनुरोध गर्नुभयो ।“हामी रोगले भन्दा भोकले मर्ने अवस्था छ, त्यसैले यो कामलाई नरोक्नुहोस्”, उहाँले भन्नुभयो ।
उक्त समूहले कतिपय अस्पताललगायत विभिन्न क्षेत्रमा रहेका गरिब परिवारलाई समेत खाना वितरण गर्दै आएको छ । यसअघिकाठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रमा मेस चलाएर खाना खुवाउने अभियान थालिएको थियो ।
मानवसेवा आश्रमले भक्तपुरका मजदूरलाई बन्दाबन्दीको समयमा खाना खुवाएको थियो । उक्त कार्यक्रम रोक्ने सरकारकोनिर्णयपछि विभिन्न क्षेत्रमा रोकिएको अभियान रत्नपार्क क्षेत्रमा भने जारी छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…