सोह्र खेलमैदानको स्तरोन्नति

कास्की। पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा समेत खेलकूदका भौतिक पूर्वाधार निर्माण गरिएका छन् सङ्घ, प्रदेश तथा स्थानीयसरकारले खेल पूर्वाधार निर्माणमा लगानी गरेका हुन् ग्रामीण क्षेत्रमा विद्यालयका खेल मैदानलाई समेत स्तरोन्नति गरी फुटबल तथाभलिबल खेल खेल्न योग्य बनाइएको

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बजेटबाट गत आर्थिक वर्ष २०७६÷७७ मा जिल्लाका विभिन्न १६ खेल मैदान निर्माण तथा स्तरोन्नतिगरिएका जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो

ती पूर्वाधारका लागि गत वर्ष रु दुई करोड २० लाख हाराहारीमा लगानी भएको बताइन्छ भलिबल, फुटबललगायतका खेललाईप्राथमिकता दिएर पूर्वाधार निर्माण भइरहेको उहाँको भनाइ उहाँले भन्नुभयो, “सरकारले विद्यालयस्तरदेखि नै देशका लागि आवश्यकराष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य लिएको , सोही अनुसार सम्भाव्य स्थलदेखि विद्यालयका खेलमैदानसमेतस्तरोन्नति गरेर गाउँ गाउँमा पूर्वाधार निर्माण भइरहेका छन्

पोखरा महानगरपालिका२३ बाम्दीमा रु ५० लाख लागतमा भलिबल कोर्टसहित एक हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको कोर्ट निर्माणबाट खेलकूद गतिविधि बढ्ने विश्वास जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुली बताउनुहुन्छ उहाँले भन्नुभयो, “पोखरा महानगरकै वडा भए पनि दुर्गम क्षेत्रमा निर्माण गरिएको भलिबल खेल पूर्वाधारले गाउँमा समेत खेलकूदको माहोल बढाउनेविश्वास लिएका छौँ भलिबल कोर्ट निर्माणमा वडा कार्यालयले जमिन उपलब्ध गराएको स्थानीयवासीले श्रमदान गरेको बताइन्छ

त्यसैगरी पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका११ को घान्द्रुकमा आइअल्टिच्युड खेल मैदान निर्माण गरिएको राखेपले गत वर्षउपलब्ध गराएको रु ५० लाख बजेटबाट सो मैदान निर्माण गरिएको हो घान्द्रुकको मेश्रम बराह माध्यमिक विद्यालयको खेल मैदानस्तरोरन्नति गरी हाइअल्टिच्युड फुटबल मैदान निर्माण गरिएको हो उच्च पर्वतीय खेलकूदका माध्यमबाट खेल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यलिइएको

जिल्ला खेलकूद विकास समितिका अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिका११ छोम्रोङमा रु १५ लाख लागतमा खेलमैदाननिर्माण गरिएको अन्नपूर्णकै वडा नं को सिर्जना माविमा रु आठ लाखमा खेलमैदान, पोखरा१४ मझेरीपाटनमा रु आठ लाखलगानीमा सामुदायिक व्यायामशाला, पोखरा३१ मा रु आठ लाखमा बेगनास खेलकूद मैदान, पोखरा१६ मा रु आठ लाख लागतमाबाटुलेचौर खेल मैदान पोखरा३३ को शिशु कल्याण माध्यमिक विद्यालयमा खेल मैदान स्तरोन्नति गरिएको

यसैगरी पोखरा२१ पोखरा१३ मा रु आठ/आठ लाख लगानीमा खेल मैदान निर्माण गरिएको पोखरा२४ पोखरा१८सराङकोटस्थित शान्त माध्यमिक विद्यालयमा रु पाँच÷पाँच लाख लागानीमा खेल मैदान निर्माण गरिएको बताइन्छ

पोखरा२२ को उल्लेखरी खेल मैदान, वडा नं १८ मा सेती खेलमैदान, माछापुच्छे मा गैराखरी पोखरा१९ को काउरे खेल मैदानकालागि रु आठ/आठ लाख लगानी भएको कार्यालय प्रमुख बरालले जानकारी दिनुभयो

–––

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago