सोह्र खेलमैदानको स्तरोन्नति

कास्की। पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा समेत खेलकूदका भौतिक पूर्वाधार निर्माण गरिएका छन् सङ्घ, प्रदेश तथा स्थानीयसरकारले खेल पूर्वाधार निर्माणमा लगानी गरेका हुन् ग्रामीण क्षेत्रमा विद्यालयका खेल मैदानलाई समेत स्तरोन्नति गरी फुटबल तथाभलिबल खेल खेल्न योग्य बनाइएको

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बजेटबाट गत आर्थिक वर्ष २०७६÷७७ मा जिल्लाका विभिन्न १६ खेल मैदान निर्माण तथा स्तरोन्नतिगरिएका जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो

ती पूर्वाधारका लागि गत वर्ष रु दुई करोड २० लाख हाराहारीमा लगानी भएको बताइन्छ भलिबल, फुटबललगायतका खेललाईप्राथमिकता दिएर पूर्वाधार निर्माण भइरहेको उहाँको भनाइ उहाँले भन्नुभयो, “सरकारले विद्यालयस्तरदेखि नै देशका लागि आवश्यकराष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य लिएको , सोही अनुसार सम्भाव्य स्थलदेखि विद्यालयका खेलमैदानसमेतस्तरोन्नति गरेर गाउँ गाउँमा पूर्वाधार निर्माण भइरहेका छन्

पोखरा महानगरपालिका२३ बाम्दीमा रु ५० लाख लागतमा भलिबल कोर्टसहित एक हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको कोर्ट निर्माणबाट खेलकूद गतिविधि बढ्ने विश्वास जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुली बताउनुहुन्छ उहाँले भन्नुभयो, “पोखरा महानगरकै वडा भए पनि दुर्गम क्षेत्रमा निर्माण गरिएको भलिबल खेल पूर्वाधारले गाउँमा समेत खेलकूदको माहोल बढाउनेविश्वास लिएका छौँ भलिबल कोर्ट निर्माणमा वडा कार्यालयले जमिन उपलब्ध गराएको स्थानीयवासीले श्रमदान गरेको बताइन्छ

त्यसैगरी पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका११ को घान्द्रुकमा आइअल्टिच्युड खेल मैदान निर्माण गरिएको राखेपले गत वर्षउपलब्ध गराएको रु ५० लाख बजेटबाट सो मैदान निर्माण गरिएको हो घान्द्रुकको मेश्रम बराह माध्यमिक विद्यालयको खेल मैदानस्तरोरन्नति गरी हाइअल्टिच्युड फुटबल मैदान निर्माण गरिएको हो उच्च पर्वतीय खेलकूदका माध्यमबाट खेल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यलिइएको

जिल्ला खेलकूद विकास समितिका अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिका११ छोम्रोङमा रु १५ लाख लागतमा खेलमैदाननिर्माण गरिएको अन्नपूर्णकै वडा नं को सिर्जना माविमा रु आठ लाखमा खेलमैदान, पोखरा१४ मझेरीपाटनमा रु आठ लाखलगानीमा सामुदायिक व्यायामशाला, पोखरा३१ मा रु आठ लाखमा बेगनास खेलकूद मैदान, पोखरा१६ मा रु आठ लाख लागतमाबाटुलेचौर खेल मैदान पोखरा३३ को शिशु कल्याण माध्यमिक विद्यालयमा खेल मैदान स्तरोन्नति गरिएको

यसैगरी पोखरा२१ पोखरा१३ मा रु आठ/आठ लाख लगानीमा खेल मैदान निर्माण गरिएको पोखरा२४ पोखरा१८सराङकोटस्थित शान्त माध्यमिक विद्यालयमा रु पाँच÷पाँच लाख लागानीमा खेल मैदान निर्माण गरिएको बताइन्छ

पोखरा२२ को उल्लेखरी खेल मैदान, वडा नं १८ मा सेती खेलमैदान, माछापुच्छे मा गैराखरी पोखरा१९ को काउरे खेल मैदानकालागि रु आठ/आठ लाख लगानी भएको कार्यालय प्रमुख बरालले जानकारी दिनुभयो

–––

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago