अयोध्यापुरीमा सुन्दर काण्डको सङ्गीतमय पाठपारायण

भरतपुर, चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमानेपाली रामचरितमानससुन्दर काण्डको सङ्गीतमय पाठपारायण गरिएको अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी श्रीरामजानकी अनुसन्धान एवं अध्ययन मण्डल (श्री राम संस्था) अमेरिकाको संयुक्त आयोजनामा मङ्गलबार पाठपारायण गरिएको हो

फोटो फाईल

पाठपारायणको सफलताको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाउनुभएको थियो  नेपालीरामचरितमानससुन्दर काण्डको साङ्गीतिक पाठपारायणले अयोध्यापुरीमा निर्माण हुन लागेको रामधामको अभियानमा समेत सहयोगपुग्ने विश्वास लिएको प्रधानमन्त्री ओलीले बताउनुभएको यस साङ्गीतिक पारायणले माडी अयोध्यापुरीमा निर्माण हुन लागेकोरामधामको अभियानमा समेत सहयोग पुग्नेछ भन्ने मलाई विश्वास लागेको ”, उहाँले पठाएको शुभकामना सन्देशमा भनिएको , “भौगोलिक तथा पुरातात्विक अनुसन्धान गरेर नै माडीको अयोध्यापुरीमा रामधाम निर्माणको कार्य अगाडि बढाइएको हो रामधामनिर्माणपछि माडीको पर्यटन प्रवद्र्धन, प्राचीन सभ्यताको सम्वद्र्धनमा सहयोग पुग्ने उहाँको विश्वास

सोह्रौँ शताब्दीमा गोस्वामी तुलसीदासद्वारा अवधि भाषामा लिखित हिन्दूहरुको ग्रन्थ श्री रामचरितमानस पुस्तकलाई तुल्सीराम शर्मालेनेपालीमा सम शैली सम छन्दमा जस्ताको तस्तै पद्य अनुवाद गर्नुभएको हो   सोही ग्रन्थको सुन्दर काण्डको साङ्गीतिक पाठपारायणशुरु भएको हो

एक दिवसीय साङ्गीतिक कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले धार्मिक सहिष्णुताको विकास कलासंस्कृतिको संरक्षण गर्नमानेपाली रामचरितमानससुन्दर काण्डको साङ्गीतिक पाठपारायणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभो साङ्गीतिक पाठपारायणले प्रधानमन्त्रीको सक्रियतामा  अगाडि बढाइएको माडीमा रामधाम बन्ने योजनालाई पनि अगाडि बढाउन पहलगर्ने बताउँदै उहाँले माडीमा रामधामको निर्माणले समग्र माडी विकासमा सहयोग पुग्ने भएकोले सबैलाई सहयोग गर्नसमेत आग्रह गर्नुभयो

हरिहर सन्न्यास आश्रम देवघाटलेनेपाली रामचरितमानसनाम दिई उक्त पुस्तक प्रकाशनमा ल्याएपछि नेपाल भारतसँगै विश्वका धेरैदेशमा यसको पारायण थालिएको अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलकोअध्यक्षतामा कार्यक्रम गरिएको थियो

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago