जापानवासी नेपालीको स्वास्थ्य बीमा गर्न एनआरएनए जापान र मिराई लाईफ कम्पनी बीच ऐतिहासीक सम्झौता (फोटो फिचर)

टोकियो-जापानवासी नेपाली समुदायको स्वास्थ्य तथा जीवन सुरक्षार्थ गैरआवासीय नेपाली संघ एनआरएनए जापानले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ।

शुक्रबार एक समारोहका बीच एनआरएनए जापानले बीमा सेवा प्रदान गर्ने कम्पनी मिराई लाईफसंग कार्यक्रम सम्झौता गरेको हो। टोकियो गोतान्दामा आयोजित एक कार्यक्रमका बीच एनआरएनए जापानका अध्यक्ष तथा मिराई लाईफका कमल अधिकारी बीच सम्झौता हस्ताक्षर भएको हो ।

समारोहका प्रमुख अतिथि टोकियो स्थित नेपाली राजदूतावासका नवनियुक्त उपनियोग प्रमुख अम्बिका जोशीले बीमा कार्यक्रमले जापानवासी नेपालीहरुको स्वास्थ्य समस्यामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। जापानमा नेपालीहरुको बढदो संख्यासंगै मृत्युदर तथा लामो समय अस्पताल बसेर उपचार गर्ने बिरामीहरुको चाप पनि बढेको अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुने बताउनु भयो।

यस्तै हस्ताक्षर पश्चात आफनो धारणा राख्दै एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले रोजगारीका शिलशिलामा जापानमा रहदाँ कुनैपनि नेपाली स्वास्थ्य उपचारका लागि नेपाल जानु पर्ने तथा कसैको मृत्यु भएमा शवलाई नेपालसम्म पुर्याउन चन्दा तथा राहत संकलन नभई व्यक्ति स्वयमले बीमा गर्दा सहज हुने भएकाले सवैमा बीमा गर्न आग्रह गर्नुभयो। सामान्य मोवाईल प्रयोगकर्ताले समेत मोवाईलको बीमा गर्ने जापानमा चलन रहेको उदहारण दिदै अध्यक्ष भण्डारीले स्वास्थ्य बीमाले आफनो मात्र नभई परिवार कै जीवनमा सहयोग गर्ने बताउनु भयो।

जापानमा रहदाँ भैपरि आउदाँ जस्तो सुकै अवस्थामा पनि साथ दिदै आएको स्मरण गराउदै उहाँले मर्दापर्दा अहिलेको समयमा राहत संकलन गर्ने परिपाठीलाई परिवर्तन गर्न बीमा नै सर्वाेत्कृष्ट उपाय भएको दावी गर्नुभयो।

यसैका लागि एनआरएनए जापानले नेपाली समुदायमा स्वयम व्यक्तिले आफनो जीवन सुरक्षित गर्न स्वास्थ्य बीमा अनिवार्य गर्न मिराई लाईफ कम्पनीसंग सम्झौता गरिएको जानकारी दिनुभयो। यसअघि पटकपटक बीमा कम्पनीहरूसंग छलफल भएपनि यसपटक ऐतिहासिक संम्झौता भएको जानकारी गराउनु भयो।

समारोहमा मिराई लाईफका तर्फबाट कमल अधिकारीले जापानको बीमा कार्यक्रम नेपाली भाषामा सरल रुपमा सम्पूर्ण परामर्स दिने जानकारी दिनुभयो। जुनसुकै भिषा तथा जापानमा रहेका हरेक नेपालीलाई सहज पर्ने प्याकेज रहेको स्वास्थ्य बीमा कार्यक्रममा पेपर तथा अनलाईनबाट सिधै आवेदन लिन सकिने जानकारी दिनुभयो।

जापानमा बसोवास गर्ने नेपालीहरूको स्वास्थ्य सुरक्षा संवेदनशिलतालाई ध्यानमा दिएर लामो समयको प्रयासपछि कार्यक्रम सुरू गरिएको जानकारी दिनुभयो।

समारोहमा गैरआवासीय नेपाली संघ एनआरएनए मानार्थ सदस्य तथा जापानका सल्लाहकार कपीलदेव थापा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, मिराई लाईफ ईन्स्योरेन्स कम्पनीका सल्लाहकार आकियोसी सावायाले मन्तव्य राख्नु भएको थियो। तामागं समाज जापानका अध्यक्ष रूविना तामागंले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा एनआरएनए आईसीसी एसिया प्यासिफिक युवा संयोजक दीपक कंडेल, थकाली सेवा समितिका अध्यक्ष बुद्दी गौचन, तमुधी जापानका अध्यक्ष सौगात गुरूगं, उपाध्यक्षहरू सोममाया गुरूगं, बिहुकोट समाज जापानका अध्यक्ष अशोक शर्मा गोपाल, कास्की पोखरा समाजका अध्यक्ष बिकास श्रेष्ठ, चितवन समाजका अध्यक्ष राजनकुमार श्रेष्ठ, दोलखा समाजका उपाध्यक्ष गीरबहादुर तामागं, स्यागंजा समाज जापानका अरमान गुरूगं, जापानी स्वास्थ्य बीमा कम्पनी ल्यासिकका अध्यक्ष साईतो मासाहिको, ल्यासिक बीमाका ईसिदा योसियुकि लगायतको सहभागिता रहेको थियो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago