मल नपाउदा पोखराथोकका किसान चिन्तित।

नेपाल एक कृषि प्रधान देश हाे । नेपालका करिब ८० प्रतिशत मानिसहरू कृषि पेशामा लागेका छन । तर नेपालमा कृषि अाधुनिकरण तथा समयमा मल नपाउदा उत्पादन साेचे अनुसार हुन सकेको छैन साेही अनुसार याे बर्षमा पनि किसानहरू समयमा मल नपाउदा चिन्तत भएका छन ।

साेही अनुसार पाल्पामा पनि धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा पाल्पाकाे अन्न भण्डारकाे रूपमा चिनिने माडी आसपासका किसानहरु मल नपाउदा चिन्तित भएका छन।

धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले राख्ने समयमा उपलब्ध नहुँदा उनीहरु चिन्तित देखिएका छन।
बगनासकाली गाउँपालिका-२ पोखराथोकमा रहेको जनकल्याण कृषि सहकारीमा मल आई नपुग्दा किसानहरुलाई विगत २ महिनादेखि मल उपलब्ध गराउने भनेपनि सहकारीमा मल आईनपुग्दा धानबालीको उत्पादनबाट वर्षदिनको दैनिक घरखर्च चलाउनुपर्नेमा अहिले मल नपाउँदा किसानहरु चिन्तित भएका हुन।

सहकारीले मल आउने भनेपनि अहिलेसम्म मल आईनपुग्दा बाहिरबाट चर्को मूल्य लिई व्यापारीहरुले कालोबजारीमा उपलब्ध गराउने गरेको किसानहरुले आरोप लगाएका छन।

बगनासकाली गाउँपालिकाका कृषक लिलानाथ न्यौपानेले धान खेतीको बेलामा मल उपलब्ध नहुँदा र सरकारले कृषकहरुलाई मल उपलब्ध नगराएकोमा दुःख लागेको बताउँदै लगातार महिनौ दिनदेखि मलको पर्खाईमा दिन बित्ने गरेको र किसानहरुलाई सहज तरिकाले सरकारले मल उपलब्ध गराउनु पर्ने बताउनुभयो।

सरकारले कृषिमा जोड दिए पनि कृषकहरुलाई आवश्यक परेको बेला सहजरुपमा मल उपलब्ध नहुँदा उनीहरु चिन्तित भएका छ्न।
खेतमा धानवाली लगाईएको अवस्थामा सहजरुपमा मल उपलब्ध नहुँदा यस वर्ष धानको उत्पादन घट्नेमा किसानहरु चिन्तित देखिएका छ्न।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago