पाल्पा । समुदाय स्तरमा संक्रमण फैलिएको पाल्पामा थप ५ जनामा कोरोना पुष्टि भएको छ । तानसेन नगरपालिका वडा नम्बर १० का २, वडा ११ र १४ का एक – एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरु सबैजना बिदेश बाट फर्किएका पुरुष रहेका छन । उनिहरु होम क्वारेन्टाइनमा रहेका छन । यस्तै रिब्दिकोट गाउँपालिकाकी एक महिलामा पनी कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । संक्रमीत महिला बिरामी भई बुटवलको प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । योसंगै पाल्पामा समुदाय स्तरका ७ सहित कोरोना संक्रमितको कुल संख्या ५ सय ८८ पुगेको छ । जसमध्ये ५ सय ६२ जना निको भैसकेका छन भने २ जना संक्रमितको मृत्यु भएको छ ।
पाल्पामा कोरोना संक्रमण फैलिन नदिन जिल्ला प्रशासनले गत भदौं ५ गतेदेखि निषेधाज्ञा आह्वान गरेको छ । जारी निषेधाज्ञा १९ गते (शुक्रबार) रातिसम्म कायम गरिएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago