कर्तव्य निर्वाह गर्दा सङ्क्रमित भए पीर छैन

नेपालगञ्ज उपमहानगरपालिकाका कोरोना सङ्क्रमित जनप्रतिनिधि र कर्मचारीले जनताको काम गर्दा सङ्क्रमित हुनु परेकामा कुनै पश्चाताप नरहेको बताउनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं १ का अध्यक्ष प्रमोद रिजाल र वडा नं २० का कम्प्युटर अपरेटर पदम कार्कीले सामाजिक सञ्जालमार्फत आफू सङ्क्रमित भएकामा भन्दा जनताको स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्नुभएको छ ।

“जनताको काम गर्दागर्दै मलाई कोरोना सङ्क्रमण भए पनि पीर छैन, म त स्वस्थ नै छु । पीर त मेरा जनताको स्वास्थ्यको छ, कसैलाई पनि केही नहोस् ।”, जनतालाई सान्त्वना दिँदै उहाँले भन्नुभएको छ, “यस्तो बेलामा नआत्तिऔँ बरु सबैले सावधानी अपनाऔँ ।” कोरोना रोकथामको अभियानमा अग्रभागमा रहेर क्रियाशील हुँदै आउनुभएका वडाध्यक्ष रिजाललाई उपमहानगरपालिका र वडाको काम गर्ने क्रममै सोमबार कोरोनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । जनताकै सुरक्षाका लागि काम गर्दागर्दै सङ्क्रमित हुनु परेकामा आफू कहीँ कतै दुःखी नभएको बताउँदै उहाँले जनताको सेवा अनि आफ्नो कर्तव्य पूरा गर्ने क्रममा आफू भाइरसको सङ्क्रमणमा परे पनि वडावासीले सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।

“जनतालाई सुरक्षित बनाउनकै लागि आफ्नो जिउज्यान नै जोखिममा राखेर यथाशक्य सुरक्षित हुने प्रयास गरेकै हो तर सङ्क्रमण भइहाल्यो”,उहाँ भन्नुहुन्छ,“कोरोनासँग डराएर भागेर हुँदैन, पराजित गरी फर्किने छु ।” नेपालगञ्ज उपमहानगरपालिका–२० का कम्प्युटर अपरेटर कार्कीलाई पनि जनताको काम गर्ने क्रममै सोमबार कोरोना सङ्क्रमण देखिएको छ । नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पतालमा रहेको आइसोलेशन केन्द्रमा उपचार गरिरहनुभएका ३३ वर्षीय कार्कीले कोरोना सङ्क्रमणको जोखिम रहँदारहँदै पनि जिम्मेवारी वहन गर्ने क्रममा सङ्क्रमण भए पनि आफूलाई कुनै दुःख नलागेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “जनताको काम गर्ने क्रममा कोरोना लाग्यो, त्यसमा मलाई कत्ति चित्त दुखाइ छैन, निको भएर छिट्टै जनताको काममा फर्किने छु ।” समुदायमा कोरोना फैलिएकाले सबैजना सजक र सचेत हुन जरुरी रहेको कम्प्युटर अपरेटर कार्की बताउनुहुन्छ । आम जनताको सजगता र सचेतनाबाटै यस रोगबाट बच्न सकिने भएकाले हरेक नागरिक जिम्मेवार हुनु आवश्यक रहेको उहाँको भनाइ छ । उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका पूर्ण रुपमा बन्द (सिल) गरिएको छ । जनप्रतिनिधि र कर्मचारी गरी आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि सोमबारदेखि उपमहानगरपालिका कार्यालय ‘सिल’ गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिनुभयो । वडाध्यक्ष र सात कर्मचारीमा कोरोना देखिएपछि सङ्क्रमणको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो । रोगको सङ्क्रमणको अवस्थामा समान्य भएपछि कार्यालय नियमित रुपमा सञ्चालन हुनेछ उहाँलेभन्नुभयो ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago