पाल्पा । आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको प्रारम्भिक साधारण सभा शनिबार तानसेनमा सम्पन्न भएको छ । सभाको प्रमुख अतिथि रहनुभएका तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले सहकारीले जनमैत्री अभियान संचालन गर्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा केही वित्तीय संस्थाले विपन्न परिवारको उठिबास बनाएको उहाँले बताउनुभयो । केही लघुवित्त वित्तीय संस्था र सहकारीले धेरै विपन्न परिवारको उठिबास बनाएका छन् उहाँले भन्नुभयो “उठिबास होइन घरबास बसाउने र उनीहरूको आर्थिक उन्नतीमा टेवा पुग्ने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको छ जसका लागी जनमैत्री अभियान संचालन गर्नु ।” संकटका बेला मात्र नभई सामान्य अवस्थामा पनि नागरिकलाई सहकारीले सहयोगी भूमिका निभाउनु पर्नेमा प्रमुख शाहीले जोड दिनुभयो । तानसेन नगरपालिकाले उपभोक्ता पसल संचालनको लागी नीति बनाई सकेको बताउदै नगरप्रमुख शाहिले उपभोक्ता पसल सन्चालनका लागी नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यसैगरी भेलाले भबिन्द्र गौतम संयोजक रहेको तीन सदस्यीय लेखासुपरीवेक्षण समिति चयन गरेको छ । समितिको सदस्यहरूमा बालकृष्ण बश्याल र मञ्जु रेग्मी रहेका छन। निर्वाच उपसमितिका संयोजक घनश्याम भट्टराइले सहकारी विपन्न परिवारको सारथी बन्नुपर्ने बताउनुभयो । कुमारी बैंक पाल्पा शाखा प्रमुख अम्बिकाप्रसाद बश्यालले पारदर्शी र जवाफदेही भएर संस्था सञ्चालन गर्न सुझाउनुभयो । वयोवृद्ध टीकाराम बश्यालले एकताको भाव लिएर सहकारीमार्फत जनताको दुख सुखमा सहकार्य गर्नुपर्ने बताउनुभयो ।
१२५ जना शेयर सदस्य रहेको यस सहकारीमा ३१ लाख बढी शेयर पूँजी रहेको छ। सभाले संस्था सञ्चालनका लागि विभिन्न नीति निर्देशिका सहित अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन अनुमोदन गरेको छ । गएको पुस महिनामा तानसेन नगरपालिकामा दर्ता भएर सहकारीले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ। सहकारीले सुपथ पसल सञ्चालन गरेर उपभोक्तालाई सस्तो र गुणस्तीरय खाद्यवस्तु उपलब्ध गराउने लक्ष्य लिएको अध्यक्ष भीमलाल भट्टराइले बताउनुभयो ।
तदर्थ समितिका अध्यक्ष भिमलाल भट्टराईको अध्यक्षता, उपाध्यक्ष गोपाल प्रसाद बश्यालको स्वागत र सदस्य मिलन बिश्वकर्माको सन्चालनमा शभा सन्चालन भएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…