असार २१ बाट सार्बजनिक यातायात चल्ने निर्णय भएको छैन – महासंघ

पाल्पा । नेपाल भरीका यातायात ब्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्बजनिक यातायात सन्चालन गर्ने निर्णय नभएको जनाएको छ । महासंघका महासचिव एवम् प्रबक्ता सरोज सिटौलाले असार २० गते एक बिज्ञप्ती जारी गर्दै सार्बजनिक यातायात सन्चालन गर्ने कुनै निर्णय नभएको जानकारी दिनुभएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रणका लागी जारी लकडाउनका कारण सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएसँगै नेपालका यातायात व्यवसायीहरु आर्थिक सङ्कटमा परेका छन् । सिटौला द्वाराजारी बिज्ञप्तीमा भनिएको छ “केही सञ्चारमाध्याम मार्फत यहि असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने सुन्नमा आएपनि महासङ्घले यसबारे कुनै निर्णय नगरेको स्पष्ट पार्न चाहन्छु” ।


नेपाल सरकारलाई महासङ्घ साथै मजदूर ट्रेड युनियन समेतले पटक–पटक मौखित तथा लिखित लकडाउनबाट परेको क्षति र असर तथा लकडाउन खुकुलो बनाउने सम्बन्धमा समेत राय सुझाव सबै दिइसकेको अवस्थामा सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि कुनै प्रष्ट योजना बनाएको छैन । सरकारले साउन ७ गतेसम्मका लागि लकडाउन थपेको छ । लकडाउन खुला गर्नेबारे सरकारले कुनैपनि ठोस निर्णयमा पुग्न नसक्दा नेपालको सार्वजनिक यातायातको क्षेत्रमा पनि अन्यौलता थपिएको बिज्ञप्तीमा उल्लेख छ ।
यसैबिच महासंघका प्रदेश नम्बर ५ का संयोजक डिल बहादुर ढुङ्गानाले सरकारले उचित निर्णय गरी राहत सहितको प्याकेज ल्याउनुपर्ने बताउनुभएको छ । सार्वजनिक यातायात सबैभन्दा मर्कामा रहेको ब्यवसाय भन्दै लगानिको सुरक्षा, बैक किस्ता, ब्याज, बिमा, कर नवीकरण लगाएतका आगामी समयमा यातायात संचालनका बिषयमा सरकारले सम्बोधन गर्नुपर्ने ढुङ्गानाको भनाई छ ।
महासङ्घले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे मजदूर, व्यवसायी र सरकारसँग निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा वार्ता र सम्वाद गरिरहेको जानकारी दिएको छ । नेपालमा सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासङ्घले चाँडै नै सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्ने जनाएको छ ।
सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको समस्याप्रति सरकार लाई गम्भीर हुन ध्यानाकर्षण गराएको छ । यस्तै व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील बन्दै धैर्य रहन आग्रह गरेको छ ।
सार्बजनिक यातायात संचालन हुने समाचार प्रकासन भएसङ्गै तीन महिना भन्दा लामो जारी लकडाउनका कारण घरमा बसिरहेका सर्बसाधारण, यातायात ब्यवसायी, मजदुर लगाएत सम्बन्धित ब्यक्तीहरु केही आशावादी भएका थिए तर महासंघको बिज्ञप्ती पछि अन्योलमा परेका छन । सरकारले निजि सवारीसाधनलाई जोर बिजोर प्रणालीअनुसार सन्चालन गरेको छ । निजि सवारीसाधनले निर्बाध रुपमा ब्यवसाय गरिरहेका छन । सवारी ऐन नियम अनुसार एउटा प्रयोजनका लागी दर्ता भएको सवारीसाधन अर्को प्रयोजनमा ल्याउन पाइदैन । तर पनी प्रयोजन बिपरित संचालन भएका निजि सवारीसाधनको नियन्त्रण हुन सकेको छैन । बाटोमा ट्राफिक उपस्थिति न्यून छ जसका कारण निजिसवारी साधन बिना अबरोध सार्वजनिक सवारी सरह सन्चालन भएका छन । सर्बसाधारण र ब्यवसायीले निजिमा कोरोना नसर्ने हो भन्ने प्रश्न सृजना भएको छ ।

कोरोना भाइरसको सावधानी अपनाएर सार्वजनिक यातायातका सवारीसाधन संचालन गर्न सरकारले उचित निर्णय लिन आवस्यक देखिन्छ ।

bhabindra gautam

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago