स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले जित हात पारेको छ। कोरोना भाइरसपछि अपराजित रहेको एट्लेटिकोले शुक्रबार राति भएको खेलमा मालोर्कालाई ३-० गोलले पराजित गर्यो।
जितमा मोराटाले दुई गोल गर्न सफल भए। उनले खेलको २९ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा उनले टिमको अग्रता दोब्बर पारे।
७९ मिनेटमा कोकेले टिमका लागि तेस्रो गोल गरेका थिए।
शीर्ष स्थानको रियल म्याड्रिडको ३३ खेलबाट ७४ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७० अंक छ।
अंक तालिकाको तेस्रो स्थानमा रहेको एट्लेटिकोले ३४ खेलबाट ६२ अंक जोडेको छ।
चौथौ स्थानको सेभिल्लाले एक खेल कम खेल्दै ५७ अंक बटुलेको छ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…