पाल्पा । जिल्लाको मिसन अस्पतालमा ज्यान गुमाएका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ३ दिन अगाडी उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना बिफ्रीङमा मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले ती पुरुषमा कोरोना पोजेटिभ भएको जानकारी दिनुभयो ।
उनी पुर्वखोला गाउँपालिका १ सिलुवाका ४० वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । मृत्युअघि र पछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पूर्वखोला २ को क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्याइएको थियो । त्यहाँ उनको मंगलबार मृत्यु भएको थियो । यससँगै पाल्पामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ भने १ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक र पाल्पाका १ जना सहित नेपालमा १० जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…