बिरामीको उपचारमा आनाकानी कहिले सम्म

किरण कौशल
चैत्र २१, पाल्पा
लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले ज्वोर र रुघाखोकीको बिरामीको उपचारमा संवेदनशिल हुने दाबी गरेपनि व्यवहार भने ठिक उल्टो गरिरहेको छ । माथागढी गाउँपालिका ४ झडेवाका विष्णु सारु बिहिबार उच्च ज्वोर आएपछि उपचारका लागि मेडिकल कलेज आए तर उनलाई कलेजले भर्ना गरेन् । डाक्टरले रगत परिक्षणको रिर्पोट नआउदै औषधी दिएर घरमा जाने सुझाव दिए । उनी घर गए तर उनको ज्वोर बढेपछि स्थानीय सरकार गुहारे । शुक्रबार घर पठाइएका सारुको स्वास्थ्य अवस्था सुधार नभएपछि गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली उनकै घरमा पुग्यो । सारुसंगै उनका बुबा चन्द्र बहादुर सारु पनि उस्तै बिरामी देखेपछि स्वास्थ्यकर्मीको टोली कजेलले भर्ना नलिएको अचम्म भए । उनिहरुले तुरुन्त अस्पताल लैजाने निधो गरे । भर्ना गरेर नै उपचार गर्नुपर्ने बिरामीको फिर्ता भएमा बारेमा जिल्लाका संचारकर्मी, कोरोना संक्रमण रोकथाम तथा सहजिकरण जिल्ला स्तरीय टोली र सामाजिक सञ्जाल सबै तिर तरङ्ग फैलियो । मेडिकल कलेजले बिरामी भर्ना नगरेर फिर्ता गर्नु गलत हो भन्नेमा चौतर्फी दबाब बढ्यो । जिल्लाको कोरोना संक्रमण रोकथाम तथा सहजिकरण कमाण्ड पोष्टको टोली लुम्बिनी मेडिकल कलेज पुग्यो, कलेज प्रशासनसंग छलफल चलिरहर्दा गाउँपालिकाको समन्वयमा बिरामीलाई पुन मेडिकल कलेज नै ल्याउने काम भयो ।
माथीको घटनाले रुघाखोकी र ज्वरोको बिरामीले आफै एक्लै आएर वा आफन्तसंग आएर मात्रै सहज तरिकाले उपचार सेवा दिनेमा मेडिकल कजेल संवेदनशिल अझै बनेको छैन भन्ने प्रष्ट हुन्छ । गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेर सारु र उनका बाबु चन्द्र बहादुरलाई मेडिकल कलेज ल्याइ भर्ना गरी उपचार थालिएको छ । रुपन्देहीको लुम्बिनीमा होटलमा काम गर्ने उनि ६ चैत्र ६ गते झडेवा घर फर्किएका थिए । मेडिकल कलेजले यस अघि ३ जना बिरामी भर्ना नगरी फिर्ता बिषय सार्वजनिक भएसंग संचारकर्मीसंगको भेटमा कलेजका अध्यक्ष गोपाल प्रसाद पोखरेल विगतमा भएका कमजोरी सच्चाएर बिरामीको उपचार गर्न कलेज तयार रहेको जनाएको थियो । तर उनको प्रतिबद्धता २ दिन पनि टिकेन । अध्यक्ष पोखरेलले कोरोना संक्रमण रोकथाममा चिकित्सकहरु परिचालन, शैयाहरुको व्यवस्थापन, उपकरणहरुको व्यवस्थापन लगायत बिरामीको चाप र अवस्था अनुसार सेवा प्रवाहका कमि नहुने कलेजको दाबी गदै आएका छन् । सरकारले मेडिकल कजेललाई कोरोना संक्रमण रोकथाम उपचार अस्पताल रुपमा तोकेको छ । मेडिकल कलेजले ज्वरो क्लिनिक संचालन गर्नुका साथै १० शैयाको आइसोलेसन समेत तयार गरेको छ । आइसोलेसन शैया थप गर्ने, अक्सिजन सहितका उपकरणको व्यवस्था गर्ने, शौचालय लगायत अन्य व्यवस्थापनमा सुधार गर्ने जस्ता बिषयमा शुक्रबार समेत कोरोना संक्रमण रोकथाम तथा सहजिकरण कमाण्ड पोष्टको टोलीसंग छलफल भएको बुझिएको छ ।

bhabindra gautam

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago