बिरामीको उपचारमा आनाकानी कहिले सम्म

किरण कौशल
चैत्र २१, पाल्पा
लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले ज्वोर र रुघाखोकीको बिरामीको उपचारमा संवेदनशिल हुने दाबी गरेपनि व्यवहार भने ठिक उल्टो गरिरहेको छ । माथागढी गाउँपालिका ४ झडेवाका विष्णु सारु बिहिबार उच्च ज्वोर आएपछि उपचारका लागि मेडिकल कलेज आए तर उनलाई कलेजले भर्ना गरेन् । डाक्टरले रगत परिक्षणको रिर्पोट नआउदै औषधी दिएर घरमा जाने सुझाव दिए । उनी घर गए तर उनको ज्वोर बढेपछि स्थानीय सरकार गुहारे । शुक्रबार घर पठाइएका सारुको स्वास्थ्य अवस्था सुधार नभएपछि गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली उनकै घरमा पुग्यो । सारुसंगै उनका बुबा चन्द्र बहादुर सारु पनि उस्तै बिरामी देखेपछि स्वास्थ्यकर्मीको टोली कजेलले भर्ना नलिएको अचम्म भए । उनिहरुले तुरुन्त अस्पताल लैजाने निधो गरे । भर्ना गरेर नै उपचार गर्नुपर्ने बिरामीको फिर्ता भएमा बारेमा जिल्लाका संचारकर्मी, कोरोना संक्रमण रोकथाम तथा सहजिकरण जिल्ला स्तरीय टोली र सामाजिक सञ्जाल सबै तिर तरङ्ग फैलियो । मेडिकल कलेजले बिरामी भर्ना नगरेर फिर्ता गर्नु गलत हो भन्नेमा चौतर्फी दबाब बढ्यो । जिल्लाको कोरोना संक्रमण रोकथाम तथा सहजिकरण कमाण्ड पोष्टको टोली लुम्बिनी मेडिकल कलेज पुग्यो, कलेज प्रशासनसंग छलफल चलिरहर्दा गाउँपालिकाको समन्वयमा बिरामीलाई पुन मेडिकल कलेज नै ल्याउने काम भयो ।
माथीको घटनाले रुघाखोकी र ज्वरोको बिरामीले आफै एक्लै आएर वा आफन्तसंग आएर मात्रै सहज तरिकाले उपचार सेवा दिनेमा मेडिकल कजेल संवेदनशिल अझै बनेको छैन भन्ने प्रष्ट हुन्छ । गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेर सारु र उनका बाबु चन्द्र बहादुरलाई मेडिकल कलेज ल्याइ भर्ना गरी उपचार थालिएको छ । रुपन्देहीको लुम्बिनीमा होटलमा काम गर्ने उनि ६ चैत्र ६ गते झडेवा घर फर्किएका थिए । मेडिकल कलेजले यस अघि ३ जना बिरामी भर्ना नगरी फिर्ता बिषय सार्वजनिक भएसंग संचारकर्मीसंगको भेटमा कलेजका अध्यक्ष गोपाल प्रसाद पोखरेल विगतमा भएका कमजोरी सच्चाएर बिरामीको उपचार गर्न कलेज तयार रहेको जनाएको थियो । तर उनको प्रतिबद्धता २ दिन पनि टिकेन । अध्यक्ष पोखरेलले कोरोना संक्रमण रोकथाममा चिकित्सकहरु परिचालन, शैयाहरुको व्यवस्थापन, उपकरणहरुको व्यवस्थापन लगायत बिरामीको चाप र अवस्था अनुसार सेवा प्रवाहका कमि नहुने कलेजको दाबी गदै आएका छन् । सरकारले मेडिकल कजेललाई कोरोना संक्रमण रोकथाम उपचार अस्पताल रुपमा तोकेको छ । मेडिकल कलेजले ज्वरो क्लिनिक संचालन गर्नुका साथै १० शैयाको आइसोलेसन समेत तयार गरेको छ । आइसोलेसन शैया थप गर्ने, अक्सिजन सहितका उपकरणको व्यवस्था गर्ने, शौचालय लगायत अन्य व्यवस्थापनमा सुधार गर्ने जस्ता बिषयमा शुक्रबार समेत कोरोना संक्रमण रोकथाम तथा सहजिकरण कमाण्ड पोष्टको टोलीसंग छलफल भएको बुझिएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago