फोटो फाईल
डोटी, बालिका बलात्कारको आरोप लागेका जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीयप्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको छ । सिंहले सोही वडामा बस्ने १५ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमाबालिकाका आफन्तले मुद्धा दर्ता गरेपछि पक्राउ परेका हुन् ।
प्रहरी जवान सिंह चौकीबाट एकाएक सम्र्पकबिहिन भएपछि उनलाई गएराति कैलाली जाँदै गर्दा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरीकार्यालय डोटीमा बुझाएको छ । उनलाई आरोप प्रमाणित भए हदैसम्मको कानूनी कारवाही हुने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयदिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताउनुभयो । सो अस्थायी प्रहरी चौकीका प्रमुख चन्द्र भण्डारीलाई पनिआवश्यक सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा झिकाइएको निमित्त प्रदेश प्रहरी प्रमुख सिंहले जानकारीदिनुभयो ।
चौकीका प्रमुख भण्डारीले घटना भएको दिन र समयमा प्रहरी जवान कतै नगएको र व्यारेकमै रहेको दाबी गर्नुभयो । प्रहरी जवान सिंहलेयही कात्तिक १३ गते राति किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन् । —
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…