फेटो फाईल
काठमाडौं–कोरोना परीक्षणमा निजी ल्याबहरुको रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठन थालेको छ। निजी ल्याबहरुको लापरवाहीकैकारण नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो व्यापार गुमाउनु परेको छ।
ल्याबहरुले नेगेटिभ रिपोर्ट दिए पनि विदेशमा गएर परीक्षण गर्दा पोजेटिभ आइरहेको छ। जसको प्रत्यक्ष असर नेपाल एयरलाइन्सलेभोग्दै आएको छ। नेपाल एयरलाइन्सले सरकारबाट मान्यता प्राप्त सबै ल्याबहरुको रिपोर्टलाई मान्यता दिने गरेको छ।
यात्रुमा कोरोना देखिन थालेपछि पछिल्लो समय नेपाल एयरलाइन्सलाई विभिन्न विमानस्थलबाट चेतावनी आउन थालेको छ भने कतिपयदेशमा उडानमै प्रतिबन्ध लगाइएको छ।
हङकङले नेपाल एयरलाइन्सको जहाजमार्फत् आएका यात्रुमा कोरोना देखिएको भन्दै अक्टोबर ४ देखि १७ अक्टोबरसम्मका लागि उडानप्रतिबन्ध लगाएको थियो। १७ अक्टोबर पछि २ उडान गरेको नेपाल एयरलाइन्सलाई पुनः २० अक्टोबरमा फेरि नोभेम्भर ३ सम्मका लागिप्रतिबन्ध लगाएको छ। जसका कारण नेपाल एयरलाइन्सको हङकङ व्यापार गुमेको छ। यो प्रतिबन्ध नभएको भए नेपाल एयरलाइन्सलेयस समयमा हङकङमा मात्रै १० वटा उडान गरिरसकेको हुने थियो। अहिले नेपाल एयरलाइन्सको हङकङ व्यापार ‘सेटिङ’ मा कार्गोउडान अनुमति पाएको गेटजेट एयरलाइन्सले गर्दै आएको छ।
यसैगरी युएईको दुबई अन्तर्राष्ट्रिय विमानस्थलले पनि नेपालबाट आएका यात्रुमा कोरोना देखिएको भन्दै नेपाल एयरलाइन्सलाई उडानप्रतिबन्ध लगाउने चेतावनी दिन थालको छ।
एयरलाइन्स स्रोतका अनुसार निगमलाई दुबई विमानस्थलले २ वटा चेतावनी पत्र पठाइसकेको छ। विमानस्थलले नेपालबाट आउनेयात्रुमा कोरोना देखिएको कारण उडान नै बन्द गर्नुपर्ने अवस्था आउने जानकारी गराएको स्रोत बताउँछ।
हङकङ उडान बन्द हुँदा झन्डै ३० करोड रुपैयाँ गुमाएको नेपाल एयरलाइन्सलाई दुबई उडान बन्द भएको अवस्थामा ठूलो घाटा हुने छ।
केही दिनअघिमात्रै दुवईले पनि प्रतिवन्धको चेतावनीसहितको पत्र निगमलाई पठाएको निगमका प्रवन्धनिर्देशक डिमप्रकाश पौडेलले स्वीकार गर्छन्।
ल्यावहरुले दिएको नेगेटिभ रिपोर्ट लिएर यात्रुहरु लैजाने गरेको र सम्बन्धित देशमा गएर परीक्षण गर्दा केहीको पोजेटिभ देखिएपछिनिगमलाई समस्या भएको उनको भनाइ छ।
निगमले दुवईमा सातामा सातवटै उडान गरिरहेको छ। यता हङकङमा भने सातामा तीन उडान गर्दै आएको थियो।
निजी ल्यावहरुले विदेश जाने कामदारको कोरोना परीक्षणमा नक्कली रिपोर्ट दिने गरेको विषय पहिलेदेखि नै विवादमा पर्दै आएको छ।कतिपय ल्याबले त कोटा स्याम्पलिङका आधारमा परीक्षण गरेर रिपोर्ट दिइरहेको स्रोतको भनाइ छ। अर्कोतर्फ विदेश जानका लागिकोरोना परीक्षण गर्न स्वाब दिएपछि सेल्फ आइसोलेसनमा बस्नु पर्नेमा पनि नबस्दा समस्या आएको ल्यावहरुको भनाइ छ।
तर, यहाँ निजी ल्यावहरुले गुणस्तरहीन भिटिएम प्रयोग गर्दा पनि रिपोर्टमाथि प्रश्न उठेको छ। रिपोर्टमाथि एकपछि अर्को प्रश्न उठेको छभने नेपाल एयरलाइन्सले व्यापार गुमाउनुपर्ने अवस्था आएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…