फोटो फीईल
”तुम शेर तो हम सवा शेर झै नगरौं”
काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्टा पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अलग गरेर जाने विषय मान्य नहुनेबताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘पार्टी अलग–अलग गरेर जाउ’ भनेको विषय गलतभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
‘सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भएपनि सही होइन । तर त्यसमा अन्तर्निहित एउटा पक्ष ,अर्थातब्यक्तिगत कटुता सहितको ब्यक्तिगत बिषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी बिभाजन नगरी अर्को सन्दर्भमा सकारात्मकरुपले प्रयोग गरौं’, उनले भने ।
प्रवक्ता श्रेष्ठले पार्टीभित्रका समस्या छलफल र वार्ताका माध्यमबाट टुंगो लगाउन नेतृत्वसँग माग गरेका छन् । उनले व्यक्तिगत रुपमागालीगलौज र आरोप–प्रत्यारोपमा नउत्रिनअध्यक्षहरुलाई आग्रह गरेका छन् ।
‘पार्टी भित्रको छलफल्, बहश र अन्तर्संघर्षलाई ब्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिऔं । राष्ट्र र जनताको हितलाईकेन्द्रमा राखेर बिचार,नीति र प्रबृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं । तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हमसवा शेर झै ब्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं’, प्रवक्ता श्रेष्ठले भने ।
उनले पार्टी एकताको रक्षा गर्न र भष्ट पूँजीवादी पार्टी बन्न नदिन पनि आग्रह गरेका छन् ।
‘पार्टी एकताको रक्षा गरौं । साथै पार्टीलाई अकर्मण्य बनाई बिघटन एवं बिसर्जनको दिशामा जान र भष्ट पुँजीवादी पार्टी बन्न पनिनदिऔं’, उनले भने ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…