फोटो फाईल
सिमकोट, उच्च हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम लागू हुने भएको छ । गत वर्ष ट्राफिक कार्यालय उद्घाटन भएसँगै सिमकोटमा नियम लागूगर्न लागिएको हो । लामो दूरी सवारी साधन सञ्चालनमा आउन नसके पनि अन्तरपालिकामा छोटो दूरीका गाडी सञ्चालन हुने भएकाकारण ट्राफिकले आफ्नो चेकपोष्टको कार्य शुरु गरेको छ । सदरमुकाम सिमकोट माथिल्लो बजारमा रहेको काठेचुलीमा ट्राफिककार्यालयले आफ्नो चेकपोष्टको बोर्ड राखेको छ ।
अन्तरपालिकामा आवतजावत गर्ने सवारी साधनले हालसम्म ट्राफिकको नियम पालना नगरी यातायात सञ्चालन हुँदा बजार क्षेत्रमाआफ्नो चेकपोष्ट राखिएको हो । सिमकोटमा अब ट्राफिक नियम लागू हुने भएको छ । यसले गर्दा दुर्घटनादेखि लिएर मनपरी ढङ्गलेयात्रु चढाउने कार्य रोक्न मद्दत पुग्ने भएको छ ।
यसभन्दा पहिला सिमकोट–खार्पु र सिमकोट–च्याछरा–डाँडाफयाका लागि सवारी चालकले मनपरी तवरमा यात्रु चढाउने र ओराल्ने कामगरिरहेका थिए । अन्तरपालिका आवतजावत गर्ने सवारी चालकले यात्रुबाट भाडादर महँगो लिने गरेका थिए । सिमकोट–खार्पु एक जनाव्यक्तिको भाडा अगाडि सिटमा बसेमा रु ३५० र पछाडि सिटमा बसेमा यात्रुलाई रु २५० लिने गरिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…