चाँगुनारायण नगरपालिकाकै पहिलो व्यायाम पार्क ताथलीमा

भादगाउँ,चाँगुनारायण नगरपालिका, ताथलीमा नगरपालिकाकै पहिलो व्यायाम पार्क बन्ने भएको बढ्दो शहरीकरणले खुला स्थान तथाखेलमैदानको अभाव हुन थालेपछि सर्वसाधारणलाई नियमित शारीरिक व्यायाम गर्न सहज होस् भन्ने हेतुले ताथलीमा खेलमैदानसँगैव्यायाम पार्क बन्न लागेको हो

फोटो फाईल

ताथलीको सौडोलको करिब चार रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा करिब रु पाँच लाखको लागतमा व्यायाम पार्क बन्नलागेको हो यसका लागि चाँगुनारायण ले बजेट विनियोजन गरेको पार्क निर्माणका लागि गत आर्थिक वर्ष २०७६/०७७ माबजेट विनियोजन गरिएको थियो गत वर्ष बजेट विनियोजन भए पनि पार्क निर्माणका लागि उपभोक्ता समिति गठनसँगै पार्कको कामअघि बढाउने क्रममा लकडाउनको प्रभावका कारण रोकिएको थियो सोही योजनाको कामले अहिले गति लिएको हो

पार्कमा हात, पाखुराका लागि, कम्मर दुखाइका लागि, खुट्टा दुखेको, पेटको तौल घटाउने सामान्य खेलकुदका उपकरण जडान गरिने युवा तथा ज्येष्ठ नागरिकका लागि लक्षित गर्दै निर्माण हुन लागेको पार्कमा जडान गरिएको उपकरणमा शारीरिक व्यायाम गर्न सकिने त्यसले शारीरिकरूपमा स्र्फूत रहन सहयोग पुग्ने भएकाले व्यायाम पार्क निर्माणको योजना बनाएको वडाध्यक्ष गणेश त्यातले बताउनुभयो

पार्क निर्माणका लागि सार्वजनिक जग्गा सम्याउने काम थालिएको उपभोक्ता समितिका अध्यक्ष विकास बासुकलाले बताउनुभयो व्यायाम पार्क बनाउने योजना गत वर्षकै हो, लकडाउनका कारण गत वर्ष पार्कका लागि आवश्यक सामानहरु चीनबाट ल्याउनु पर्ने हुँदासमस्या भएको थियो, लकडाउन खुलेसँगै हामीले चीनबाट उपकरण ल्याएका छौँ, अब पार्क छिट्टै बन्छ”, पार्क निर्माण उपभोक्तासमितिका अध्यक्ष बासुकलाले भन्नुभयो

अध्यक्ष बासुकलाले भक्तपुर नगरपालिकाका विभिन्न टोलमा व्यायाम गर्ने सामानहरु जडान गरी पार्क बनाइएको पार्कमाबालबालिकादेखि वृद्धवृद्धासम्मले अभ्यास गरेको देखेपछि ताथलीमा पनि सो किसिमको पार्कको महसुस स्थानीयवासीले गरेकोबताउनुभयो उहाँले भन्नुभयो, “अहिलेको बदलिँदो जीवनशैलीको कारण नसर्ने रोग, हाडजोर्नीको दुखाइ, नसासम्बन्धी रोगहरू बढ्दो शारीरिक श्रमको कमीले निम्त्याएका रोग निर्मूलका लागि व्यायामको आवश्यकता महसुस गरी व्यायाम पार्क बनाउन लागेका हौँ

–––

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago