चाँगुनारायण नगरपालिकाकै पहिलो व्यायाम पार्क ताथलीमा

भादगाउँ,चाँगुनारायण नगरपालिका, ताथलीमा नगरपालिकाकै पहिलो व्यायाम पार्क बन्ने भएको बढ्दो शहरीकरणले खुला स्थान तथाखेलमैदानको अभाव हुन थालेपछि सर्वसाधारणलाई नियमित शारीरिक व्यायाम गर्न सहज होस् भन्ने हेतुले ताथलीमा खेलमैदानसँगैव्यायाम पार्क बन्न लागेको हो

फोटो फाईल

ताथलीको सौडोलको करिब चार रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा करिब रु पाँच लाखको लागतमा व्यायाम पार्क बन्नलागेको हो यसका लागि चाँगुनारायण ले बजेट विनियोजन गरेको पार्क निर्माणका लागि गत आर्थिक वर्ष २०७६/०७७ माबजेट विनियोजन गरिएको थियो गत वर्ष बजेट विनियोजन भए पनि पार्क निर्माणका लागि उपभोक्ता समिति गठनसँगै पार्कको कामअघि बढाउने क्रममा लकडाउनको प्रभावका कारण रोकिएको थियो सोही योजनाको कामले अहिले गति लिएको हो

पार्कमा हात, पाखुराका लागि, कम्मर दुखाइका लागि, खुट्टा दुखेको, पेटको तौल घटाउने सामान्य खेलकुदका उपकरण जडान गरिने युवा तथा ज्येष्ठ नागरिकका लागि लक्षित गर्दै निर्माण हुन लागेको पार्कमा जडान गरिएको उपकरणमा शारीरिक व्यायाम गर्न सकिने त्यसले शारीरिकरूपमा स्र्फूत रहन सहयोग पुग्ने भएकाले व्यायाम पार्क निर्माणको योजना बनाएको वडाध्यक्ष गणेश त्यातले बताउनुभयो

पार्क निर्माणका लागि सार्वजनिक जग्गा सम्याउने काम थालिएको उपभोक्ता समितिका अध्यक्ष विकास बासुकलाले बताउनुभयो व्यायाम पार्क बनाउने योजना गत वर्षकै हो, लकडाउनका कारण गत वर्ष पार्कका लागि आवश्यक सामानहरु चीनबाट ल्याउनु पर्ने हुँदासमस्या भएको थियो, लकडाउन खुलेसँगै हामीले चीनबाट उपकरण ल्याएका छौँ, अब पार्क छिट्टै बन्छ”, पार्क निर्माण उपभोक्तासमितिका अध्यक्ष बासुकलाले भन्नुभयो

अध्यक्ष बासुकलाले भक्तपुर नगरपालिकाका विभिन्न टोलमा व्यायाम गर्ने सामानहरु जडान गरी पार्क बनाइएको पार्कमाबालबालिकादेखि वृद्धवृद्धासम्मले अभ्यास गरेको देखेपछि ताथलीमा पनि सो किसिमको पार्कको महसुस स्थानीयवासीले गरेकोबताउनुभयो उहाँले भन्नुभयो, “अहिलेको बदलिँदो जीवनशैलीको कारण नसर्ने रोग, हाडजोर्नीको दुखाइ, नसासम्बन्धी रोगहरू बढ्दो शारीरिक श्रमको कमीले निम्त्याएका रोग निर्मूलका लागि व्यायामको आवश्यकता महसुस गरी व्यायाम पार्क बनाउन लागेका हौँ

–––

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago