पर्वतको नयाँपुलबाट प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै

पर्वत, पर्वत कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिमचरणमा पुगेको नयाँपुलबाट घोरेपानीसम्मको २८ किलोमिटर वैकिल्पक पदमार्गको निर्माण अन्तिम चरणमा पुगेको हो नयाँपुलबाटदेउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदमार्ग निर्माणको काम अहिले पनि जारी गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथावातावरण मन्त्रालयको रु ७० लाखको बजेटबाट दुई वर्षअघि निर्माणको काम थालिएको पदमार्ग अन्तिम चरणमा पुगेको मोदीगाउँपालिकाले जनाएको गत आर्थिक वर्षमा  सङ्घ सरकारको समेत रु १० लाख बजेट पदमार्गमा खर्च भएको थियो

फोटो फाईल

निर्माण सम्पन्न भएकोमध्ये १७ किलोमिटर पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको अहिले खोलिएकोपदमार्गबाट प्रसिद्ध पर्यटकीयस्थल भमरकोटसम्म पुग्न सकिन्छ देउपुरका स्थानीय मनबहादुर खड्काको अगुवाइमा निर्माणाधीननयाँपुलदेउपुरभमरकोटघोडेपानी पदमार्ग अब एक वर्षभित्र बनाइसक्ने लक्ष्य रहेको   अहिलेसम्म १७ किलोमिटर पदमार्गकोकाम सकिएको अझै ११ किलोमिटरको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो प्रदेश सरकारबाट गत वर्ष बजेट आउनसकेन, सङ्घबाट छुट्टिएको रु १० लाखले थप काम भएको ”, उहाँले भन्नुभयोे, “सङ्घ प्रदेशले आवश्यक बजेट विनियोजन गरे एकवर्षभित्रमै काम सकिनेछ पदमार्गमा झण्डै रु साढे दुई करोड खर्च हुने अनुमान पदमार्गमा स्थानीय सीप, प्रविधि सामग्रीकोप्रयोग गरिएको

अर्कोतर्फ देउपुर हुँदै भमरकोटबाट माटेको लेकसम्मको ११ किलोमिटर पदमार्गले जोडिसकिएको भने माटेबाट जलजला हँुदैघोरेपानी जोड्न अब करिब ११ किमी दूरी बाँकी जङ्गल भिरको बाटोमा जोखिम मोलेरै भए पनि काम गरिरहेको खड्कालेबताउनुभयो थप बजेट नआएपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन पदमार्गले आसपासका गन्तव्यस्थलको प्रवद्र्धनमाटेवा पुग्ने विश्वास लिइएको ठूला घाँसेमैदान, दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गलअवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो विभिन्न प्रजातिका चराचुरुङ्गी जङ्गली जनावरसँग पनि त्यत्तिकै लुकामारीखेल्न पाइने उहाँले बताउनुभयो

यसैबीच हालै गृहजिल्ला आउनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जङ्गलमै बास बसेर उक्त पदमार्गकोअवलोकन गर्नुभएको पदमार्गको अवलोकन साथै प्रचारप्रसार गर्न तिमिल्सिनासँगै पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसादरेग्मी प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीलगायतको टोली एक रात जङ्गलमै बास बसेर पदमार्गको अवलोकन गर्नुभएको हो बिहानको सूर्योदय बेलुकाको सूर्यास्तसँगै टोलीले तीन हजार १०० मिटरको उचाइमा रहेको माटेसम्म पुगेको थियो

पदमार्गको अवलोकन गर्दै अध्यक्ष तिमिल्सिनाले पर्यटकीय क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएकाले पहिचान भएका पर्यटकीयगन्तव्यलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसार गर्ने गरी योजना बनाउन आफूले पहल गर्ने बताउनुभयो भमरकोट हुँदैघोरेपानी पुग्ने पदयात्रा मार्गमा सडकको सम्भावना धेरै कम भएकाले यो राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ”, उहाँले भन्नुभयोे, “योकहिल्यै नमेटिने सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्छ पोखरासँग यसलाई जोडेर पर्यटकीय पूर्वाधार बनाउने योजना अघिसारिएको उहाँले बताउनुभयो

भमरकोटसँगै जोडिएका मोदी गाउँपालिकाका सुन्दर बस्ती भुकदेउराली, ताङ्ले, लप्सीबोट, देउपुर, घुरु(ङ्गालगायतका ठाउँमा घरबास(होमस्टे) सेवा सञ्चालन गरी प्रमुख पर्यटकीय गन्तव्य बनाउने गुरुयोजना बनाउन थालिएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेललेबताउनुभयो

मोदीमा पाँचदिनेलकडाउन

पर्वतको मोदी गाउँपालिकामा कोरोना सङ्क्रमण फैलन नदिन पाँच दिन लकडाउन गरिएको मोदी गाउँपालिकाले गरेको कोरोनासङ्क्रमित व्यक्तिको सम्पर्क पहिचान (कन्ट्याक्ट टे«सिङ) को काम भइरहेकाले समुदायमा सङ्क्रमण फैलन नदिन सोमबार राति १२बजेदेखि पाँच दिन लकडाउन गरिएको हो

मोदी  गाउँपालिकाको पालिकास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न बैठकले पाँच दिनसम्म पालिकाका सबै सेवा अत्यावश्यकबाहेक सबै पेशा व्यवसाय बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीलेजानकारी दिनुभयो

गाउँपालिकाका अुनसार सबै वडा कार्यालयको अत्यावश्यक सेवाबाहेकको सेवा, शैक्षिक सङ्घसंस्थाबाट प्रदान गरिने सेवा, गाउँपालिकास्थित बैंक, वित्तीय संस्था एवं सहकारीबाट प्रदान गरिने सेवा कात्तिक २२ गते राति १२ बजेसम्म बन्द हुनेछन्

यसैगरी गाउँपालिकाको बेतनी, तिलाहार, डिमुवा, पातिचौर, भद्रखोला अम्बोटजस्ता बजार क्षेत्रका अत्यावश्यक सेवा वस्तुबाहेककापसल पनि बन्द हुने भएका छन् भने गाउँपालिकाकोे विभिन्न शाखा सडकबाट सञ्चालन हुने यातायात सेवा बन्द गर्ने निर्णय भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा पर्ने गाउँपालिकाभित्रको लोकमार्गमा भने सवारी साधन सञ्चालनमा रोक नलगाइएको क्षेत्रीलेबताउनुभयो

अत्यावश्यक काममा बाहेक पाँच दिन  छिमेकी स्थानीय तह एवं जिल्लाबाट मोदी गाउँपालिकामा आवतजावत नगरिदिन पनि अनुरोधगरिएको गाउँपालिकामा गरिएको सम्पर्क पहिचानका दुई जनामा कोरोना पुष्टि भएको आगामी दिनमा सङ्क्रमण अझै उच्चहुनसक्ने भएकाले सङ्क्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको पालिकाले जनाएको

–––

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago